२०८२ माघ ५ गते | 18th of January 2026

राजधानीमा विहिवार ह्यापीनेश सेमिनार आयोजना हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १४ गते १७:०३
काठमाडौंं – आम मानिसहरु अहिले सुखको खोजीमा यत्रतत्र दौडिरहेका छन् । तर पनि उनीहरुले वास्तविक सुख प्राप्त गर्न सकेका छैनन् । यही परिस्थितिकोअन्त्यका लागि लायन्स क्लब इन्टरनेशनलको पहलमा द वे टु ह्यापीनेश फाउण्डेशनले राजधानीमा एक दिने ह्पायीनेश सेमिनार आयोजना गर्ने भएको छ ।
चैत्र १५ गते, विहिवार गरिने सेमिनारमा अमेरिकाको लस एन्जल्स्बाट विज्ञ तथा स्रोत व्यक्तिको रुपमा नसीमा कुरेसीको सहभागिता रहने कार्यक्रम संयोजक तथा लायन्स क्लब इन्टरनेशल डिस्ट्रिक्ट ३२५ ए–वानका निवर्तमान गर्भनर लायन कुमारराज सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार सेमिनारमा प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी पनि सहभागी हुनु हुनेछ । 
जोरपाटी ओरालोमा रहेको पिस बैंकेटमा हुने सेमिनारमा लायन्स, लियो तथा नागरिक समाजका विभिन्न तह र तप्काका गरी करीब ३ सय ५० जनाको सहभागिता रहने छ । मध्यान्ह १२.३० बजेबाट सुरु हुने सेमिनार दिउँसो ३.३० सम्म चल्नेछ । सेमिनारको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै कार्यक्रम संयोजक सुवेदीले इच्छुक सबैलाई सहभागिताका लागि अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *