२०८१ माघ २४ गते | 6th of February 2025

शाहीकाल सम्झाउने राष्ट्रपतिको सवारी (फोटो फिचर)

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १५ गते १६:२३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन भएको छ ।

निर्वाचनपछि आज दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उनले सम्बोधन गरेकी हुन् । बैठक शुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई प्रदान गरेका थिए।

संसद् बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति बग्गीको कारगेडसहित आउनुहुँदा प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागतगरेका थिए । नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *