२०८१ साउन १२ गते | 27th of July 2024

अमेरीकी मुलधारको राजनीति ; प्रगतीपथतिर नवराज केसीको पाईला

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १६ गते ८:४९

न्युयोर्क – नेपालीहरुको वाक्लो आवादी रहेको न्युयोर्क क्विन्सस्थित कम्युनिटी बोर्ड ३ मा डाइनामिक लिडर नवराज केसी नियुक्त हुनुभएको छ । क्विन्सवोरो प्रसिडेन्ट मेलिन्डा काजले युवा व्यक्तित्व नवराज केसीलाई २ बर्षका लागि कम्युनिटी बोर्ड सदस्यमा नियुक्त गरेकी हुन् । आगामी अप्रिलबाट बैठक तथा योजनामा जुट्नुहुने बोर्ड सदस्य नवराज केसीको सपथ ग्रहण भने अप्रिल २७ मा हुने कार्यक्रम छ ।

क्विन्स कम्युनिटी बोर्ड ३ मा नियुक्त हुनुभएका सदस्य नवराज केसी न्युयोर्कबाट कम्युनिटी बोर्ड सदस्यमा नियुक्त हुने तेश्रो व्यक्ति हुनुहुन्छ । न्युयोर्क क्विन्समा बस्दै आउनुभएका नवराज केसी करीब १ महिना अघिमात्र Neighbourhood Advisory Board सदस्यमा नियुक्त हुनभएको थियो । समुदायका बहुआयामिक पाटामा निरन्तर नेतृत्वदायी भुमिकामा रहेर समाजलाई अग्रगति दिदै आउनुभएका जुझारु व्यक्तित्व नवराज केसीले बोस्टनको डुकेन्स युनिभर्सिटीबाट ग्लोवल लिडरसिपमा डिग्री हासिल गर्नुभएको छ । समाजका विभिन्न क्षेत्रमा प्रभावकारी योजनासंगै परिणाममुखी काम गर्दै आउनुभएको केसी नवगठित हिमालयन डेमोक्रेटिक क्लवका डिष्टिक लिडर हुनुहुन्छ भने बिश्वप्रसिद्ध सामाजिक संस्था रोटरी क्लव अफ न्युयोर्क क्विन्सका संस्थापक सचिव रहनुभएको छ ।
धदिंगको फुलखर्कमा जन्मिएर जिवनका उर्वर बसन्त भारत र अमेरीकामा खर्चिनुभएका प्रखर बक्ता नवराज केसी अध्ययनदेखि सामाजिक सेवा, व्यवसाय र अमेरीकी राजनीतिमा दु्रत सफलता प्राप्त गर्ने भाग्यशाली ब्यक्ति मानिनुहुन्छ । अध्ययनमा मेधावी र व्यवसायमा प्रोफेसनल मानिने नवराजले न दोश्रा भए न त अंगालेका पेशामा पछाडी फर्केर नै हेर्नुप¥यो । कर्मप्रति बिश्वास राख्नुहुने नवराज केसीले धेरै विधामा पाइला अगाडी बढाउनुभएको छ । आफु आवद्ध हरेक क्षेत्रलाई संयोजित गर्दै समय ब्यबस्थापन गरेर सफलताका मार्गलाई फराकिलो पार्दै आउनुभएका केसीले अबको २ बर्ष क्विन्स कम्युनिटी बोर्ड ३ सदस्यका रुपमा सरकार र समुदायलाई एकापसमा जोड्ने काम गर्नुहुनेछ । सरकारका योजना, सुचना तथा जानकारीहरु समुदायलाई प्रवाह गर्ने, समुदायको उत्थानका लागि बिकासका सम्भावनाहरु पहिल्याउने र आप्mनो कार्यक्षेत्रमा सबै पक्ष एवं सरोकारवालासंग समन्वय गरेर बजेट विनियोजन गर्ने काम नवनियुक्त नवराज केसीले गर्नुपर्नेछ ।
न्युयोर्कको क्विन्स कम्युनिटी बोर्ड ३ मा नियुक्त भएपछि युएसखवरसंग संक्षिप्त प्रतिक्रिया दिदै नवनियुक्त बोर्ड सदस्य नवराज केसीले भन्नुभयो–अमेरीकी मुलधारको राजनीतिमा आस्था र सम्भावना जिवन्त छ यसर्थ पाएको अवसरलाई जिम्मेवारीवोध गर्दै समुदायका बिद्यमान समस्यालाई आफुले पाएको प्लेटफार्ममा राख्नेछु भने समुदायका लागि अमेरीकी सरकारले प्रदान गर्ने सेवा सुविधा तथा गहन सुचनाहरुलाई समुदायमाझ पुर्याउन निरन्तर लागिरहनेछु । यो मेरो लागि अमेरीकी मुलधारको राजनीतिमा प्रवेश गर्ने पहिलो तर अति नै महत्वपूर्ण खुट्किलो हो । यहिबाट मेरो अमेरीकी राजनीतिको सुखद यात्रा शुभारम्भ भएको छ, यसलाई अझ गतिशिल र मजबुत बनाउँदै अगाडी बढीरहनेछु ।
धदिंगको फुलखर्कदेखि बिश्वको राजधानी न्युयोर्कसम्मको यात्रामा अनगिन्ति संघर्ष र सफलताका कथा छन नवराज केसीका जिवनमा । संघर्षले कर्मशिल बनायो, मार्ग देखायो अनि सफलता चुमायो । तर यहि सफलताभित्र चिहाएर हेर्ने हो भने आप्mना लागि भन्दा ज्यादा अरुका लागि सोच्ने नवराज केसी सम्भवत मातृभुमी नेपाल लगायत अन्य ६ वटा बिदेशी भुमिमा एकैपटक ५० भन्दा बढी डाक्टरहरुको मेडिकल मिसन लिएर जाने नपत्याउँदो ब्यक्ति हुन् । रोग, भोकले ग्रसित समुदायका लागि न्युयोर्कमै रहेर पनि विभिन्न माध्यमबाट आशाको ज्योती बाल्न सफल रहेका नवराज केसीको नियुक्तसंगै न्युयोर्कका नेपाली समुदाय तथा संस्थाहरु सकारात्मक र आशावादी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *