२०८१ साउन ११ गते | 26th of July 2024

मधेसी एसोशिएशन अमेरिकाको महाधिवेशन मे २५ -२६ न्यूयोर्कमा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १७ गते २:३२

अमेरिका – अमेरीकामा रहेका मधेशीहरुको छाता संगठन, मधेसी एसोसीएसन इन अमेरीका, (माँ) को प्रथम महाधिवेशन आगामी मे २५ र २६ तारिख न्यूयोर्कमा हुने भएको छ । “मधेशी समुदायको सशक्तिकरण र संस्कृती प्रवर्धन” मुल नाराका साथ ढाका क्लव, गुलशन टेरेशमा हुने सो अधिवेशनका लागी ग्रेटर न्यूयोर्क च्याप्टरका अध्यक्ष मनोज सिंहको संयोजकत्वमा महाधिवेशन संयोजन समिति गठन गरिएको छ । माँ ले अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

माँ नेपालको मधेशमुल भै अमेरीकामा बस्दै आएका नेपालीहरुको संगठन हो । अमेरीकामा रहेका मधेशीहरुको विचमा एकता र भाइचार अभिवृदि गर्दै मधेशी र समग्र नेपालीको मौलीक पहिचान प्रर्वधन गर्ने उदेश्यका साथ गतवर्ष गठित यस संस्थाको हालसम्म क्यालीफोर्नीया, न्यूयोर्क, अष्टिन पिट्सवर्ग, डालस, डिएफडब्ल्यु, न्यू इगंल्याण्ड, वासिगंटन डिसी, शिकागो र ओहायो गरि आठवटा च्याप्टरहरु छन् । “यो अधिवेशन अमेरीकामा रहेका विभिन्न पेशा र व्यवसायमा संलग्न मधेशीहरुका विच सद्भाव, अवसर र अनुभव साट्ने थलो हुनुका साथै मधेश र सिंगो नेपालको मौलिक कला र संस्कृती प्रवर्धनको एैतिहासिक मौका समेत हुनेछ,” अध्यक्ष सुनिल शाहद्धारा जारि विज्ञप्तिमा भनिएको छ । 

अधिवेशनमा विभिन्न आर्थिक, समाजिक संस्कृतीक विषयका विज्ञहरुको प्रस्तुती रहने छ । अमेरीकाभरका प्रतिनिधिहरु सहभागी हुने सो अधिवेशनले माँ को आगामि कार्यकालका लागी नयाँ कार्यसमिति चयन गर्नेछ । उपाध्यक्ष अमित शाहका अनुसार योे महाधिवेशन संगठनिक र कार्यनीतिक हिसाबले एैतिहासिक महत्वको हुनेछ ।

माँ ले स्थापनाकाल देखि नै अमेरीकामा रहेका विभिन्न गैरनाफामुलक संस्थाहरुसंग समन्वय गरि समाजिक तथा संस्कृतीक गतिविधि संचालन गरिरहेको छ । यो गैरनाफामुलक संस्थाले नेपालमा गत भिषण बाढि पहिरोका पडितको सहयोगार्थ संचालन गरेको राहत कार्यक्रमको सर्वत्र प्रसंशा भएको थियो । त्यतिबेला माँ ले ठुलो परिमाणमा राहत समाग्री वितरण गर्नुका साथै उद्धारका लागी स्वयंसेवक समेत परिचालन गरेको थियोे । “मातृभुमीको लागी यथासक्य सहयोग गर्ने हाम्रो प्रमुख उदेस्य हो” अध्यक्ष शाहले भने ।

अधिवेशनमा सहभागीताको लागी अमेरीकामा रहेका सबै संघ संस्थाका प्रतिनिधि, बौद्धिक समुदाय र आम सर्वसाधरणलाइ समेत अपिल गर्दै अध्यक्ष शाहले भन्नु भयो, “नेपालीको हितका खातिर सबै संघसंस्थासंग हातेमालो गर्न तयार छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *