२०८१ साउन ११ गते | 26th of July 2024

पृथ्वीनारायण शाहको गौरवपूर्ण कदमलाई ओली सरकारले कात्रो ओढायो: विश्वप्रकाश शर्मा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १७ गते ९:२६

नेपाली कॉंग्रेस का युवा नेता एवम् कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारले सस्तो लोकप्रियताको नाममा ऐतिहासिक दिनहरुलाई ओझेलमा पार्ने गरि तथा बिभिन्न धार्मिक समुदायको आस्थामा ठोस पुग्ने गरि बिदा कटौती गरेको भन्दै ओली सरकारको तिखो आलोचना गरेका छन् । नेता शर्माले पृथ्वी जयन्ति र प्रजातन्त्र दिवसको बिदा काटिएको बिषयलाई आम नेपालीहरुले गौरवको दिन मान्दै आएको ति दिनहरुलाई ओली सरकारले कात्रो ओढाउन खोजेको हो भन्दै प्रतिप्रश्न गर्दै ट्वीट गरेका छन् ।

कांग्रेस प्रबक्ता शर्माले गरेको ट्वीट यस्तो छ :- पृथ्वीनारायणको कदम खुनी हमला अनि ०७ को परिवर्तन `धोका´ ! त्यही पुरानो धारणा ब्युंताएर गौरवका ती दिनलाई `कात्रो´ ओढाउन खोजिएको हो ?
बिदा कटौतीको जरुरी तर्फ अघि बढ्दा विभिन्न धार्मिक आस्था र समुदायलाई ठेस नपुग्ने गरि विश्वासमा लिने कर्तव्य पूरा गर्नु राज्यको दायित्व होइन र ?

Bishwa Prakash शर्मा@bishwaprakash77

पृथ्वीनारायणको कदम खुनी हमला अनि ०७ को परिवर्तन `धोका´ ! त्यही पुरानो धारणा ब्युंताएर गौरवका ती दिनलाई `कात्रो´ ओढाउन खोजिएको हो ?

बिदा कटौतीको जरुरी तर्फ अघि बढ्दा विभिन्न धार्मिक आस्था र समुदायलाई ठेस नपुग्ने गरि विश्वासमा लिने कर्तव्य पूरा गर्नु राज्यको दायित्व होइन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *