२०८१ माघ ४ गते | 17th of January 2025

कुवँरको घोषणा–एकबर्षभित्रै पोखरामा आईटी पार्क

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २८ गते १४:१०

पोखरा, २८ बैशाख ।
नेपाली काँग्रेसबाट पोखरा लेखनाथ महागरपालिकाको मेयरमा उम्मेदवारी दिएका रामजी कुवँरले पोखरालाई प्रविधिमैत्री शहरको रुपमा विकास गर्ने दावी गरेका छन् । चुनावी प्रचारको अन्तिम दिन सामाजिक सञ्जाल फेसबुकको प्रत्यक्ष प्रशारण मार्फत कुवँरले प्रविधिको उच्चतम प्रयोग मार्फत पोखरामा सुशासन कायम गर्ने प्रतिबद्धता जनाए ।
‘हाम्रा गतिविधी २४ सैं घण्टा खुला हुनेछन् । महानगर मातहतका सबै कार्यालयलाई पेपर फ्रि बनाईने छ, उनले भने–कर्मचारीलाई तालिम मार्फत दक्ष बनाएर प्रविधि प्रयोगमा आकर्षित गर्ने योजना छ ।’
उनले महानगरभित्रका विद्यालयहरुमा पनि प्रविधि जडान गरेर नमूना प्रयोग गर्ने बताए । ‘आइटी पार्क बनाएर महत्वपूर्ण ठाउँहरुमा निःशुल्क वाइफाई उपलब्ध गराईने छ, कुवँर भन्छन्–पाँचबर्षमा पोखरा सूचना प्रविधिका लागि सबैभन्दा सहज शहरको रुपमा विकसित गर्नेछु ।’
उनले सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाएर दक्ष बिद्यार्थी उत्पादनमा प्रोत्साहन गर्ने बताए । ‘स्मार्ट सिटी भनेकै प्रविधिको उच्च उपयोग हो । एकबर्षभित्रै पोखराका हरेक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरू द्रूतगतिको निःशुल्क वाइफाइ क्षेत्रभित्र हुनेछन्, प्रत्यक्ष प्रशारण मार्फत उनले घोषणा गरे–मेयरको कुर्चीमा टेकेकै दिनदेखि कामको थालनी गर्छु । यो मेरो प्रतिबद्धता हो ।’ प्रविधिका लागि चाहिने महानगर बोर्डब्याकंको स्थापना गरी काम थाल्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *