सान फ्रान्सिस्को – भनिन्छ जहाँ पुग्छ रवि त्यहाँ पुग्छ कवि । तर अब कवि र कवितामा मात्र सिमित छैन साहित्य । साहित्यको छटा संसारभरी गीत, संगीत, कथा, कविता उपन्यास लगायतका अनेकौँ विधाका नाममा फैलिएको छ । यिनै विधामध्ये गीत, कथा, कविता, गजल, उपन्यास लगायतमा कलम चलाएर छोटो समयमा नै आफुलाई साहित्यकारको रुपमा उभ्याउन सफल बाबु आचार्यले देश र राष्ट्रियतालाई सहित्यबाटै संसारभर चिनाउने एउटा प्रयास गरेका छन् । 
उनले रचना गरेको गीतको म्युजिक भिडियो अमेरिकामा छायांकन गरेर नेपाली राष्ट्रिय झण्डा विश्व सामु चिनाएका छन् । राष्ट्रिय भावनाले सजिएको उक्त गीतको म्युजिक भिडियो अहिले संसारभरी छरिएर रहेका नेपालीहरुले हेरिरहेका छन् । “फूलै फूल”को बोलको राष्ट्रिय भावनाको गीतमा शब्द बाबु आचार्यका छन् भने मिलन अमात्य र नरेन्द्र प्यासीले आवाज भरेका छन् । मदन दिपाविमाको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा रचनाकार बाबु आचार्य र उमङ्ग रानाभाटाले युगल जोडिको रुपमा अभिनय गरेका छन् ।
भिडियो :
https://youtu.be/QTEyq1Wu66Q
