२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा, सम्बन्ध सुधारमा मात्र मुख्य एजेन्डा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १९ गते ८:२४

काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीको शुक्रबारदेखि हुने भारत भ्रमण सम्बन्ध सुधारमा मात्र केन्द्रित रहने भएको छ । तीन दिने राजकीय भ्रमणमा नयाँ सन्धि सम्झौता नहुने सरकारले स्पष्ट पारेको छ ।

प्रधानमन्त्रीको भ्रमण नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ र समधुर बनाउन केन्द्रित रहने बताइएको छ । यस्तै पूराना सन्धी सम्झौताहरुलाई प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको आर्थिक विकासलाई भ्रमणको मुख्य कार्यसूची बनाइएको हो । नेपाल र भारतबीच विगतमा भएका सहमतिको कार्यान्वयनलाई पनि उत्तिकै महत्वका साथ भारतीय पक्षसँग उठाइने तथा आपसी सद्भाव वृद्धिलाई उच्च प्राथमिकता दिइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री ओली भारत भ्रमणबाट स्वदेश फर्किए लगतै उत्तरी छिमेकी चीन जाने सम्भावनामा परराष्ट्रमन्त्रालयले काम गरिरहेका बताइएको छ । चीनमा हुने बोआओ एसिया सम्मेलनलाई सम्बोधन गर्न सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *