२०८१ वैशाख २१ गते | 3rd of May 2024

न्युयोर्कमा विशाल सांगीतिक कार्यक्रम आयोजना हुंदै (भिडियोसहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १९ गते ८:२९

न्युयोर्क – नेपाली कला सस्कृति हाम्रो पहिचान, प्रवासमा नेपाल चिनाउने हाम्रो अभियान भन्ने मुल उद्देश्य सहित नेपालीहरुको नयाँ बर्ष २०७५ लाई नेपाली मौलिक पारामा स्वागत गर्न न्युयोर्कमा यस बर्षकै ठुलो सांगीतिक कार्यक्रम हुँदैछ । नेपाली कला र संस्कृतिलाई प्रवासका नेपालीहरुमाझ जिवन्त राख्न आधुनिक गीत संगीतदेखि पश्चिमा संस्कृतिमा मौलाएको डिजे तथा ब्याण्डसम्मको प्mयुजनलाई समावेश गरेर संगीत पारखीहरुका लागि न्यु इयर इभ २०७५ को आयोजना गरिएको हो । न्यु इयर इभ २०७५ न्युयोर्क नामाकरण गरिएको उक्त सांगीतिक कार्यक्रम यहि अप्रिल १३ तारिख शुक्रवार न्युयोर्कको अति चिरपरिचित ज्याक्सन हाइट्सको 72-11 Roosevelt Avenue, Queens, NY 11372 मा हुँदैछ । नजिकै आइसकेको न्यु इयर इभ २०७५ अप्रिल १३ शुक्रवार बेलुकी ८ बजेदेखि २ बजेसम्म चल्ने आयोजक लुम्विनी इन्टरनेशनलका इन्कका बिश्व बहादुर शाहले बताए ।

युवा पुस्ता र त्यसभन्दा बढी उमेर समुहलाई लक्षित गरेर आयोजना गरिएको उक्त संगीतमय कार्यक्रममा युवा पूस्ताका ढुकढुकी गायक निमा रुम्वा, गायिका सिने गुरुंग, लोक गायिका सुनिता दुलाल, चर्चित गायकहरु सुनिल उप्रेती, हरिश माथेमा, राजेश खड््की, राजु लामा, बिजय नेपाल लगायतले आप््mना प्रख्यात गीतमार्फत भरपुर मनोरञ्जन प्रदान गर्ने बिश्वास आयोजकले लिएको छ । नेपाली कला संस्कृतिको जगेर्ना गर्ने अभिप्रायले आयोजना गरिएको न्यु इयर इभ २०७५ का लागि अग्रिम टिक ३५ डलर निर्धारण गरिएको छ भने प्रवेशद्धारमा खरिद गर्न चाहनेले ४० डलर भुक्तानी गर्नुपर्नेछ । हाललाई न्यु इयर इभ २०७५ को सर्वसुलभ टिकट हिमालयन याक, हिमालयन कलेक्सन (डिजी प्लस), केशव राम राई, थकाली किचेन, नेपाली कलेक्सन (रवि गौतम), सामाजिक अगुवाहरु राजकुमार बिष्ट, प्रवल राणा, राजेश गुरुंग, नमस्ते नेपाल रेष्टुरेन्ट (मालिंगो), लाली गुराँस रेष्टुरेन्टमा चौविसै घण्टा उपलब्ध रहेको आयोजक शाहले जनाए । नेपाली नयाँ बर्षको लागि आयोजना गरिएको सम्भवत यो सबैभन्दा ठुलो इभेन्ट हो ।

लगभग ४ सय संगीतप्रेमीहरुके उपस्थिती रहने अनुमान गरिएको उक्त सांगीतिक कार्यक्रमलाई भरपुर मनोरञ्जनात्मक र संगीतमय बनाउन आयोजकहरु तिब्र तयारीमा जुटिरहेका छन् । नेपाली लगायत दक्षिण एशियाली समुदायको समेत सहभागिता रहने अनुमान गरेका आयोजकले कार्यक्रममा लाइभ ब्याण्ड, डिजे परफमेन्स तथा केही सरप्राइज प्याकेज समेत समावेश गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *