२०८१ साउन १२ गते | 27th of July 2024

दिवंगत कांग्रेस नेता खड्काको सम्मानमा कांग्रेसले पाँच दिन शोक मनाउने

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत १९ गते २१:४६

दाङको सावित धर्ना गाविस वडा नं. ६ अर्थात हाल घोराही उपमहानगरपालिका वडा नं. ५ भैंसापथ्रामा २००८ सालमा जन्मिएका खुमबहादुर खड्का नेपाली कांग्रेसका प्रभावशाली नेताका रुपमा परिचित थिए । दाङको लमही नगरपालिका वडा नंं ८ सतवरिया निवासी ६६ वर्षीया खड्का देशबासीका लागि चिरपरिचित नाम हो ।

साविक धर्ना गाविस र हालको घोराही उमनपा ५ भैंसापथ्राको सम्पूर्ण जग्गा बिक्री गरेर २०२८ सालमा देउखुरीस्थित साविक सतवरिया गाविस वडा नं. ६ (हाल लमही नगरपालिका वडा नं. ६ मा स्थायी बसोबास गर्दै आएका व्यक्ति हुन् । पाँच वर्षको नहुँदै आमाको माया खोसिएका खड्काको आमा चन्द्रकला खड्काले १०१३ सालमा धर्ति छोडेकी हुन् । आमाको मृत्युपश्चात उनका बाबु टेकबहदाुर खड्काले दिलकुमारीसँग दोस्रो विवाह गरेका थिए । बाबु २०४१ सालमा स्वर्गे भएका हुन्।

नेपाली कांग्रेसको राजनीतिमा स्थापनाकालदेखि नै महायोद्दाको छवि बनाएका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको आइतबार पशुपति आर्यघाटमा जनसागरको माझमा दाहसंस्कार गरिएको छ । दर्जनौं पटक मन्त्री भएका दिवंगत खड्काको सम्झनामा नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकले पाँच दिन शोक मनाउने १३ औं पुण्यतिथिमा देशव्यापी रुपमा शोकसभा आयोजना गर्ने निर्णय गरेको छ । 

मुटु, छाती र नशाको रोगले ग्रस्त भएका खड्काको उपचारका क्रममा नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । शनिबार दिल्लीबाट काठमाडौंमा खड्काको निवासमा राखिएको उक्त शवलाई आइतबार पार्टी कार्यालयमा राखेर श्रद्धाञ्जली अर्पणसहित सभापतिले नेपाली कांग्रेसको झण्डा ओढाए श्रद्धाञ्जली दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *