२०८१ वैशाख २१ गते | 3rd of May 2024

पहिलो नम्वरमा ‘कोहलपुर एक्सप्रेस’ ट्रेलर

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २१ गते १८:०४
काठमान्डौं – इन्टरनेट रिलिज भएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर युट्युबको नेपाल ट्रेन्डिङ नम्वर एकमा पर्न सफल भएको छ । ट्रेलर झन्डै ४ लाख पटक भिजिट भएको छ ।
२ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । ट्रेलर कलरफूल बनेको छ । यसमा पैसाका लागि पात्रबीचको तनाब देखाइएको छ ।
झन्डै ८ हजार लाइक्स र ९ सय बढी कमेन्ट मिलेको ट्रेलरलाई अधिकांशले राम्रो बोलेका छन् । ट्रेलरमा कमेडी संवादलाई प्राथमिकता दिइएको छ ।
बैशाख १४ गतेबाट प्रदर्शनमा आउने यस फिल्मका निर्देशक विशाल भण्डारी हुन् । यसअघि उनले दर्जनौं म्यूजिक भिडियो निर्देशन गरेता पनि फिल्म निर्देशन उनको यो पहिलो हो ।
अभिनेत्री त्रय प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीको यस फिल्ममा प्रमुख भूमिका छ । केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको फिल्ममा ऋचाले मोडल तिर्सना बुढाथोकीको हाउभाउ नक्कल गर्न खोजेकी छन् ।
विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।
अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।
फिल्मका गीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रससाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ । ‘अब मनसँग मन’ र ‘सि-ओे-डब्लु काउ’ गीतका कारण पनि यो फिल्म यतिबेला राम्रै चर्चामा छ ।
भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *