२०८३ जेठ २५ गते | 8th of June 2026

एआइजीकी श्रीमती हुँ भन्दै करोडौं ठग्ने महिला खोरमा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २२ गते ८:३५

काठमान्डौं – आफूलाई राष्ट्रिय अनुसन्धान विभागको एआइजीकी श्रीमती भन्दै ठगी गरेको आरोपमा तनहुँकी एक महिला पक्राउ परेकी छन्।तनहुँको ब्यास-११ बस्ने ४० वर्षीय यमुना खड्कालाई सवा करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रिय अनुसन्धान विभागमा सिपाही तथा असई बनाइदिने भन्दै विभिन्न व्यक्तिबाट करोडौं रूपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यस्तै उनीसँगै पक्राउ परेका अर्को व्यक्ति मोहन दुराले आफूलाई नेपाली सेनाको जमदार तथा बहालवाला जर्नेलको पिए हुँ भन्दै व्यक्तिहरूसँग रकम उठाएर ठगी गरेका थिए।

उनले नेपाली सेनाको सिपाही तथा सेकेण्ड लेफ्टिनेन्ट पदमा समेत भर्ना गराइदिने, बहालवाला नेपाली सेनाका कर्मचारीलाई शान्ति शेना पठाइदिने भन्दै लाखौ रकम ठग्दै आएका थिए।

उनीहरूसँगै समूहमा रहेर ठगी गर्दै हिड्ने ४७ वर्षिय पशुपति अधिकारी र रमेश कुमाललाई समेत ठगीको आरोपमा पक्राउ गरेको काठमाडौं परिसरका एसएसपी दिनेश लोहनीले सेतोपाटीलाई बताए।

उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरूले सिपाहीका लागि प्रतिव्यक्ति २ लाख, सेनाको सेकेन्ड लेफ्टिनेन्टका लागि ७ लाख, शान्ति सेनामा पठाइदिनका लागि २ लाख तथा पोल्याण्डलगायतका युरोपियन देशमा पठाइदिने भन्दै १ लाख ५० हजार गरी कुल सवा करोड ठगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *