२०८१ वैशाख २० गते | 2nd of May 2024

महानायक हमाल अब चलचित्र निर्देशक

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २२ गते ९:००

काठमाडौं – महानायक राजेश हमालले नेपाली मौलिकता झल्कने चलचित्र निर्देशन गर्ने भएका छन् ।

चलचित्रमा कमै अभिनय गर्दै आएका हमालले यसै साता विराटनगरमा अब आफू पनि चलचित्र निर्देशनमा आउने घोषणा गरेका हुन् ।
आफूले निर्देशन गरेको चलचित्र दर्शकले चाँडै हेर्न पाउने हमालको दावी छ ।

हमालका अनुसार अबको डेढ वर्षभित्रै दर्शकले उनले निर्देशन गरेको चलचित्र हेर्न पाउनेछन् ।

अहिले चलचित्रको कथाको अध्ययनमा रहेका हमालका अनुसार आधुनिकता झल्कने भन्दा पनि नेपाली मौलिकता झल्कने चलचित्र निर्माण गर्ने उनको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *