२०८१ वैशाख २० गते | 2nd of May 2024

खुला आकाशमा होटल, न छानो न भित्ता ! तर लोकप्रिय

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २२ गते १०:३३

स्विजरल्यान्ड –  अनौठो यो होटेल स्विजरल्याण्डमा रहेको छ । यसको नाम Null Stern Hotel हो । यो होटलको न त कुनै छानो छ, न त कुनै भित्ताहरु । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् ।एउटा डाँडोको टुप्पोमा यो होटल छ । यहाँ बाथरुमको पनि कुनै व्यवस्था छैन ।

भनिन्छ, स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले यो होटल बनाएका हुन् । विस्तारै ग्राहकहरुले यसलाई मन पराउन थालेपछि पर्यटकका लागि यो खुल्ला गरियो ।खुल्ला आकाशमुनि चउरमा रहेको यो होटलमा बास बस्नु निकै महंगो छ । यहाँ एक रातका लागि अढाई सय डलर खर्च गर्नुपर्दछ ।स्मरणरहोस् फ्रेंकर रिकलिनले यसअघि पनि यस्तै खालका होटल बनाएका थिए । एउटा होटल चाहिँ परमाणु बंकरभित्र थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *