२०८२ कार्तिक २३ गते | 8th of November 2025

सलमानका लागि हलिउड छोड्दै प्रियंका

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २२ गते १९:३९

एजेन्सी – प्रियंका चोपडाले सलमानको लागि हलिवुड फिल्म छोड्ने निर्णय गरेकी छिन् । उनले हलिवुड फिल्म क्वांटीको छोडेर सलमान खानले अभिनय गर्न लागेको फिल्म ‘भारत’ मा खेल्ने निर्णय गरेकी हुन्।

३५ वर्षिया प्रियंका चोपडाले बलिवुडमा राम्रो करियर स्थापित गरेपछि हलिवुडमा पाइला अगाडी बढाएकी थिइन् । हलिवुडमा समेत उनले आफ्नो करियरलाई माथि लैजान सफल भइन्। हलिवुडमै व्यस्त भएकी उनी २०१६ यता बलिवुडको फिल्ममा देखिएकी थिइनन्। २०१६ मा उनी अभिनित फिल्म ‘जय गंगाजल’ रिलिज भएको थियो।

अलि अब्बास जफरले निर्देशन गर्ने भनिएको फिल्म ‘भारत’ को स्क्रिप्ट अत्यन्तै राम्रो रहेको बताइएको छ। जसले गर्दा प्रियंकाले हलिवुड फिल्मको अफर समेत छोडेकी हुन् । भारतीय संचार माध्यमहरुका अनुसार, भारत फिल्म एक कोरियन फिल्मको रिमेक हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *