लस एन्जलस – गत फेब्रुवरी महिनामा आयोजना गरिएको नेपाल आइडल मेगा कन्सर्टबाट नाफा भएको रकम धुर्मुश सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका कन्सर्ट आयोजक टेक ‘वाइवा’ लामा र बीरबल बुढाथोकीले कार्यक्रममा घाटा भएपनि धुर्मुश सुन्तलीको क्रिकेट मैदान बनाउने योजनालाई साथ दिने उद्धेश्यले अमेरिकी डलर १०५०.०० (नेपाली रुपियाँ अक्षेरुपी १ लाख ७ हजार ६ सय ९२) सहयोग गरेका छन् ।
नेपाली अमेरिकनको हितमा क्रियाशील दानवीर टेक ‘वाइवा’ लामा गैर आवासीय नेपाली अभियान एनआरएनए अभियन्ता हुन् भने अर्का सहयोगी बीरबल बुढाथोकी सामाजिक क्षेत्रमा क्रियाशील स्थानिय अगुवा नेपाली अमेरिकन हुन् ।
बुधबार सहयोग राशी हस्तान्तरण गर्दै दानवीर टेक ‘वाइवा’ लामाले भने, ‘हामीले आयोजना गरेको कन्सर्ट घाटामा गएपनि धुर्मुश सुन्तलीको क्रिकेट मैदान बनाउने योजनामा सहयोग गर्न पाउदा हामी हर्षित छौ ।
लामाले थपे अमेरिकामा बस्ने नेपाली समुदाय मातृभूमिको सेवामा सहयोग गर्न तयार छ । धुर्मुश सुन्तलीले लसएन्जलसका लागि समय छुट्टयाउने हो भने उनीहरुको क्रिकेट मैदान बनाउने योजनामा हामि थप सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गर्दछौ ।
यसै बीच धुर्मुश सुन्तलीको क्रिकेट मैदान बनाउने योजनालाई साथ दिदैं टेक ‘वाइवा’ लामा र बीरबल बुढाथोकीले व्यक्तिगत तवरबाट पठाएको सहयोगको लागि सहयोगी हातहरुलाई फाउन्डेसनले धन्यवाद ज्ञापन गरेको छ ।