२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा भारतीय गृहमन्त्रीको स्वागत

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २३ गते ९:३२

नयाँदिल्ली – प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्। ओलीको स्वागतमा वित्तराज्यमन्त्री शिवप्रताव शुक्ला पनि विमानस्थल पुगेका थिए।

अघिल्लो पटक २०७२ फागुनमा भारत भ्रमणमा जाँदा प्रधानमन्त्री ओलीलाई विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्। अहिले विदेश मन्त्री स्वराज असंलग्न राष्ट्रको सम्मेलनका लागि अजरवैजानमा छन्।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भोलि द्वीपक्षीय भेटवार्ता हुनेछ।

यसरी बित्नेछन् भारतमा प्रधानमन्त्री ओलीका तीन दिन

–इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सिधै राष्ट्रपति भवन,

–केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया हुने, नेपालमा लगानीको ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन,

–कार्यक्रमपछि दिवाभोजमा सहभागी हुने,

–भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट,

–साँझ बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता,

–नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा एक होटलमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने। रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय पनि सहभागी हुनेछन्। दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको छ,

२४ चैत –बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत,

Image result for kp oli welcomed in india

–भारतीय सेनाले उच्च सैनिक गार्ड अफ अनर,

–भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट,

–त्यसपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल सहभागी हुने। राजघाटमा महात्मा गान्धीको समाधीस्थलमा द्विप प्रज्ज्वलन,

–हैदरावाद हाउसमा सुरूमा ओली र मोदीबीच वन टु वन वार्ता हुने। लगत्तै प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा छलफल,

–छलफलपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम,

–संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने। ओली र मोदीले सम्बोधन,

–हैदरावाद हाउसमै दिवाभोजमा सहभागी,

–साँझ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट,

२५ चैत –ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमण र

–साँझ दिल्लीबाट स्वदेश फर्किने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *