२०८१ साउन १२ गते | 27th of July 2024

(ब्लड मनी) क्षतिपूर्ति रकम अभावमा साउदी अरेबियाको जेलमा कष्टकर जीवन बिताउदै कुमार राना

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २४ गते १६:५१

ईम रानामगर
रियाद, साउदी अरेविया

रियाद – देशको बढ्दो बेरोजगारी, अशान्ति, महँगाई, गरिबीको कारण दैनिक पन्ध्र सय  जसो नेपाली युवा युवतीहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट बाहिरिन्छ्न । युवा शक्ति बाहिरिदा देशका राज्यसत्ता सम्हाल्ने कोहि कसैले ठाेस कदम चाल्न सकेका छैनन् ।मात्र चुनाव जित्ने नारा मै सिमित भएको पाईन्छ । 

भीमसेन गाउँ पालिका -७, बोर्लागं गोरखा स्थाई घर भएका कुमार राना मगर रोजगारीको सिलसिलामा साउदी अरेबिया आईपुगेका थिए ।साउदी अरेबियाकै अफिफ भन्ने स्थानमा कम्पनी मालिक (सुलेमान खालिद अलहाजिरीकोमा)ले कागज पत्र नभएको सवारी चलाउन लगाई रहेका थिए।आज भन्दा बाईस महिना पहिले कुमार राना मगरले चलाएको सबारी साधनमा साउदी नागरिक खालिद अल ओताईदी घाईते हुन पुगेका थिए। 

घाईते साउदी नागरिक उपचार पछि घर फर्की सक्दा पनि उसले कुमार राना बिरुद्द अदालतमा मुद्दा जाहेर गरी कुमार रानालाई त्यहाको प्रहरीले पक्राउ गर्यो ।अरबी भाषाको अन बिज्ञता सोझो नेपालीलाई जबरजस्ती हस्ताक्षर गर्न लगाइएछ । साउदी अरेबियाको अदालतको फैसला अनुसार पीडित कुमारले दुई लाख चौरानब्बे हजार साउदी रियाल (नेपाली झन्डै त्रियासी लाख)क्षतिपूर्ति तिर्नु पर्ने फैसला सुनायो।रोजगार कम्पनी मालिकबाट कुनै सहयोग पाउन सकेनन ।साउदी अरेबिया स्थित नेपाली राजदुस्थितले पनि ती घाईते नागरिक तथा कम्पनी मालिक सङ्ग पहल गर्दा पनि उक्त जरिवाना (Blood Money) तिर्नु बाहेक अर्को बिकल्प रहेन।उक्त जरिवाना रकम नतिर्दा सम्म आजीबन जेल जीवन बिताउनु पर्ने छ कुमार राना मगरले ।

पहाडको केही रोपनी पाखोबारी, तीन – तीन बच्चाहरूलाई लालन पालन, पढाई, चरम गरिबीको कारण कुमार साउदीको ५०डिग्री सेन्टिग्रेट को तातो बाफमा पाईला चाल्न बाध्य भएका हुन।बृद्धअबश्थाका बा -आमा श्रीमती र तीन सन्तानका पिता कुमार रानाको जीवन अहिले नरकिय अत्यन्तै कष्टकर जेल जीवन बिगत सात महिना देखि ब्यतीत भै रहेको छ।

हिजो यु .ए. ई .मा अनिस खालिङ्ग, साउदी अरेबिया मै रामचन्द्र तिमिल्सिनालाई पनि संसारभरका मनकारी मन मुटुहरुको आर्थिक सहयोगमा उहाहरुको जीवन रक्षा भएको थियो ।आज तपाईं हाम्रो थोरै थोरैमात्र सहयोगले कुमारको जीवन बचाउन र ती बृद्धअबश्थाका बा आमा उनको श्रीमती र ती अबोध लाला बालाको मुहारमा खुशी भर्न सकिन्थ्यो कि ? विभिन्न धर्म शास्त्रले धर्मको व्याख्या गरे पनि अन्तिममा भनिएको हुन्छ “सेवा नै परम धर्म हो ।”

यसर्थ :थोपा थोपा मिलेर नदी, नदी नाला मिलेर समुन्द्र बने जस्तै हाम्रो सहयोगले कुमारको जीवन बच्छ भने सहयोगी हात बढाऔ।
सहयोगको लागि –
प्रभू बैंक -खाता नम्बर : ०३९०१००१००६५६९०००००१ (03901001006569000001)
खाता सन्चालकको नाम  : पिडीत कुमार रानाकी धर्म पत्नी -अम्बिका राना मगर।
Remittance बाट पैसा पठाउनको लागि
सिधा सम्पर्क  : 9811223065, 9860640279 

Leave a Reply

Your email address will not be published. Required fields are marked *