२०८१ जेठ ४ गते | 17th of May 2024

‘हाम्रो नेपाली समाज’ को कार्यसमिती विस्तारसंगै नयाँ बर्षको कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २६ गते १०:१४

टेक्सास (मिकिनी) – नेपालीहरू जहाँ भए पनि आफ्नो नेपाली परम्परा क़ायम गर्न विदेशमा पनि संगठित हुदै गएका छन । पछिल्लो समय टेक्सासमा स्थापना भएको हाम्रो नेपाली समाजले समिति विस्तार गर्नुका साथै नेपाली नया वर्ष को कार्यक्रम गर्ने तयारी समेत गरेको छ ।

हाम्रो नेपाली समाज टेक्सासको वैठकले कार्यसमिति विस्तार गरेको छ । हाम्रो नेपाली समाजका अध्यक्ष केशव रेग्मीको अध्यक्षतामा वसेको वैठकले समितिको उपाध्यक्षमा सुकदेव राना, महासचिवमा अनिल ओझा, कोषाध्यक्षमा मन्जु काप्री र सदस्यहरूमा दिपक ढकाल, श्याम नकर्मी, श्याम देवकोटा, सतिश अधिकारी, कमल पराजुली, यदु प्रसाई, श्री खनाल रहने गरि समितिलाइ पुर्णता दिईएको छ ।

समितिको वैठकले नेपाली नया वर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम अप्रिल १५ गते प्लनो स्थित रघुनाथ मन्दिरमा आयोजना गर्ने तयारी गरेको छ ।

नया वर्ष को कार्यक्रम सम्पन्न गर्न महासचिव अनिल ओझाको सयोजकत्वमा दिपक ढकाल र सुकदेव राना रहेको तयारी समिति वनाएर कार्यक्रम सफल वनाऊन लागि परेको समतिका संरक्षक एवं कलाकार नारायण त्रिपाठीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *