२०८२ फागुन २४ गते | 8th of March 2026

कान्छी भित्र्याउंदै संचारकर्मी किशन

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २६ गते १०:२९

डालस  – अमेरिका टेक्सासको डालसमा रहेका संचारकर्मी किसन रेग्मी र श्रुती योगीको श्वरमा रहेको नयां गित “कान्छी हे कान्छी”को सुटिङ सकिएको छ ।

युएसखबरका सम्पादक समेत रहेका रेग्मीको श्वर अमेरिकामा रेकर्ड गरिएको हो भने सुटिङ नेपालमा गरिएको हो । प्रलाद रिजालको गीतमा शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईले फिचरिङ गरेको म्युजिक भिडियोलाई उत्सव दहालले खिचेका हुन् । सुरेन्द्र बस्याल कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोलाई प्रकास धितालले निर्देशन गरेका छन्।

अमेरिकामा बसोबास गर्दै आएका रेग्मीले अमेरिकाको टेक्सास मै हेमन्त श्रेष्ठद्वारा सञ्चालित रेकर्डिङ्ग स्टुडियोमा गीत रेकर्ड गरेका हुन् भने योगीले नेपालमै रेकर्ड गरेको म्युजिक भिडियोका निर्माता उद्धव सिलवालले बताए। सिलवालले भने ‘किसनको यो पहिलो गीत भएपनि उहाँले सय प्रतिशत नै दिनुभएको छ ।’

यस डोयट गीतलाई शिशिर योगीकी छोरी श्रृतिको आवाजले पनि न्याय दिएको छ। धेरै दिनको अभ्यासपछि ललितपुरको गोदावरीमा सुटिङ गरिएको गीत `सबैले रूचाउने’ निर्माण पक्षको विश्वास छ ।

यति बेलाका अत्यन्तै व्यस्त निशान घिमिरेले सम्पादक गर्ने भनिएको गीतको भिडियो बैशाख ७ गते बजारमा आउने बताईएको छ। गीतको भिडियो यू एस मिडिया नेटवर्कबाट रिलिज गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *