२०८१ जेठ ४ गते | 17th of May 2024

बजारका मिथ्या आरोप प्रमाणित गरे सजाय भोग्न तयार छु – अध्यक्ष डा. पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २६ गते १०:५३

न्युयोर्क –  गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले संस्थालाई प्रयोग गरेर आफुले व्यक्तिगत लाभ नलिएको स्पष्ट पार्नुभएको छ ।

एनआरएनए अमेरिका न्युर्योक च्याप्टरले आइतवार न्युयोर्कमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. पौडेलले आफुले संस्थाको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिएको प्रमाणीत भएमा सोही दिन राजिनामा दिने घोषणा समेत गर्नुभयो ।

पछिल्लो समय आफ्नो नाम जोडेर आएका र भएका टिकाटिप्पनीप्रती खरो रुपमा प्रस्तुत भएका डा. पौडेलले हल्लाका भरमा व्यक्तिगत रुपमा चरित्रहत्या गर्नु सामाजिक अपराध भएको बताउनुभयो । मनगढन्ते कुराहरु गरेर सामाजिक संजाल मार्फत चरित्रहत्या गर्नु भन्दा पहिला आफ्नो छातीमा हात राखेर सोच्न अनुरोध गर्दै डा. पौडेलले आफुले नेपाली समाज र आफु आबद्ध संस्थाको शिर झुक्ने खाले कुनै पनि काम नगर्ने बाचा गर्नुभयो ।

केही दिन अघि पनि अध्यक्ष डा. पौडेलले एक बिज्ञप्ती मार्फत सामाजिक संजालमा आएक भ्रामक कुराहरु प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको थियो । मानव तस्कर गरेका असत्य र भ्रामक कुराहरु सामाजिक संजालमा व्यापक बनेपछि अध्यक्ष डा. पौडेलले असन्तुष्टी जनाउंदै शंका भए कानुनी उपचार खोज्न चुनौती दिनुभएको थियो । 

कुमार भट्टराईको स्पष्टिकरण :
एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलले रकम लिएर एकलौटी निर्णय गर्दै कुमार भट्टराइलाई अमेरिका ल्याएको भनेर नक्कली पत्र तयार पारेर सामाजिक संजालमा ब्यापक बनेपछि कुमार भट्टराइले समेत आक्रोस पोखेका छन् ।

उनले सामाजिक संजालमार्फत आफु अहिले पनि संचारक्षेत्रमा सक्रिय रहेको र हाल नेपालमा ब्रोडकास्टिङ एसोसियसनको बरिष्ठ उपाध्यक्षमा निर्बाचित भएको बताएका छन् ।

भट्टराइले आफु २०११ मा अमेरिका आएको र नेपाल फर्किएपछि अमेरिका आउनलाई कुनै पहल नगरेको तथा एनआरएन अमेरिकाको नामबाट कुनै निमण्त्रणा पत्र नआएकोले आफ्नो नाम जोडेर समाचारहरु नबनाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *