पोखरा, २९ बैशाख ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बैशाख ३१ गते हुने निर्वाचनलाई लक्षित गरी जिल्लाभर मदिरा र मदिराजन्य बस्तुको विक्री बितरणमा पूर्ण रोक लगाएको छ ।
स्थानीय निर्वाचनलाई मध्यनजर गरी बैशाख २८ देखि जेठ १ गते सम्म जिल्लाभर कुनैपनि प्रकारका मदिरा तथा मदिराजन्य पदार्थ उत्पादन, विक्रीबितरण तथा उपभोग गर्न पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले बिज्ञप्ती मार्फत जानकारी गराएका छन् । निषेधित बस्तुको प्रयोग, विक्रीबितरण गरेको पाइएमा कानुन अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।