२०८१ जेठ ४ गते | 17th of May 2024

सल्टिदैं नेजाको विवाद, जुलाई २१-२२ मा छैंटौं अधिवेशन

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २६ गते १९:१०

अमेरिका – अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा) को १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशन अन्तत: जुलाई २१-२२, २०१८ मा अमेरिकाको उत्तर पश्चिम भागमा रहेको वाशिंगटनको सियाटलमा हुने भएको छ ।

सल्लाहकारहरु सहित बसेको नेजा केन्द्रिय समितिको बैठकले संस्थाको अधिवेशन नयाँ ठाउँमा लैजाँदा उचाइ बढ्ने हुनाले आगामी अधिवेशन सियाटल शहरमा आयोजना गरिने बताईएको छ ।

नेजाका महासचिव तोया दाहालद्दारा प्रकाशित वक्तब्यानुसार नयाँ कार्यसमिति छनौटका लागि विधानको धारा १२.१ बमोजिम सल्लाहाकार तारा बरालको संयोजकत्वमा गिरिश पोखरेल, योगेश उपाध्याय, आंग छिरिंग शेर्पा र एक सदस्य समितिले नै थप गर्ने गरी पाँच सदस्यीय निर्वाचन समिति बनाउने निर्णय पनि गरेको छ ।

साथै नेजा अधिवेशनको समयमा प्रदान गरिँदै आएको “नेजा सामुदायिक ग्रामीण पत्रकारिता पुरस्कार” छनौटको लागि नेजा पूर्व अध्यक्ष आंग छिरिंङ शेर्पाको संयोजकत्वमा पुरस्कार छनौट समिति बनाएको निर्णय गरिएको छ । सो समितिलाई संयोजकले थप सदस्य मनोनयन गरी पूर्णता दिई नेपाल पत्रकार महासंघसंग समन्वय गर्दै विजेताको नाम कार्यसमितिमा सिफारिस गर्नको लागि जिम्मेवारी दिने निर्णय गरिएको जनाईएको छ ।

नेजा अधिवेशन तथा साधारणसभाको समयमा प्रकाशन गरिँदै आएको “प्रयास” प्रकाशनको लागि सचिव अग्नि चौलागाईलाई आवश्यकता अनुसार सदस्य थप गरी जिम्मेवारी दिईेको जनाईएको छ । साधारणसभा तथा अधिवेशन सम्पन्न गर्नको लागि पश्चिम क्षेत्रीय संयोजक ध्रुव कुँवरलाई संयोजकको जिम्मा दिइएको छ भने सह-संयोजकमा यम घिमिरे, सदस्यमा सन्दिप बाबु चौधरी र कोषाध्यक्ष शैलेश पोखरेल रहने बताईएको छ ।

१२ औ साधारणसभा तथा अधिवेशनमा सहभागी भई भाग लिनको लागि मे ३१, २०१८ सम्म सदस्यता नवीकरण गरिसक्नुपर्ने तथा नयाँ सदस्यताको लागि निवेदन पेस गरिसक्नुपर्ने पनि निर्णय गरिएको महासचिव दाहालद्दारा प्रेशित बक्तब्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *