२०८१ जेठ ६ गते | 19th of May 2024

अमेरिकामा बस्ने नेपालीहरुमा अर्को दु:खको समाचार : राघव रिजालको भर्जिनियामा कार दुर्घटनामा निधन

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २७ गते १९:२५

भर्जिनिया – अमेरिकामा बस्ने नेपालीहरुका लागि अर्को अत्यन्त दु:खको समाचार छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डि.सी. मेट्रो कमिटीका सदस्य एबम कवी दुर्गा रिजाललाई पुत्रशोक परेकोछ । वहाँका कान्छा पुत्र राघव रिजालको भर्जिनियामा कार दुर्घटनामा निधन भएको छ ।

नेपाल बाट आज बिहान मात्रै वाशिङ्टन डिसी उत्रिनुभएकी कवी रिजालको निवास ह्यारिसन बर्ग पुत्रको निधनले शोकमग्न छ । २६ बर्सिय कान्छा सुपुत्र राघव अत्यन्त प्रतिभावान र बिजनेसमा सँलग्न थिए । उनको पार्थिब शरीरलाई अस्पतालमा राखिएकोछ । प्रहरीले कानुनी प्रक्रिया पुरा गरिसकेपछी दाह सँस्कारका बारेमा निर्णय गरिने पारिबारिक श्रोतबाट थाहा लागेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डि.सी. मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल र महा सचिब भुप नारायण घर्तिमगरले एक शोक बिज्ञप्ती प्रकाशित गर्दै राघबको दुर्घटनामा निधन भएको खबरले आफुहरु पुरै स्तब्ध भएको बताउनुभएको छ । । दु:खद घटनामा निधन भएका राघब प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डि.सी. मेट्रो कमिटी परिवार दुर्गा रिजाल परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछ शोक बिज्ञप्तिमा भनिएको छ ।
स्रोत : नेपालमदर/ रामप्रसाद खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *