२०८१ जेठ ६ गते | 19th of May 2024

जनसम्पर्क समिती, न्यूयोर्क च्याप्टरद्वारा कांग्रेस नेता स्व. खड्काको सम्झनामा शोकसभा आयोजना

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २७ गते २०:१९
ध्रुव भण्डारी / न्यूयोर्क – नेपाली जनसम्पर्क समिति , न्यूयोर्क च्याप्टरले नेपाली काँग्रेस नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथा नेपाल सरकारका पूर्व मन्त्री स्व. खुमबहादुर खड्का प्रति श्रन्द्धान्जली अर्पण गर्दै एक शोकसभाको आयोजना सम्पन्न गरेको छ ।

प्रमुख अथितिको रूपमा बोल्दै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रीमती महालक्ष्मी उपाध्याय डिनाले स्व. खुमबहादुर खड्का एक राष्ट्रवादी र विकास प्रेमी नेता भएको कुरा बताएका थिए । विकास गरेर मात्र हुँदैन विकास गरेको महसुस जनतालाई दिलाउनु पर्छ भन्ने धारणा स्व. खुमबहादुर खड्काको भएको र त्यही काँग्रेसले गरेका विकासहरूको महसुस नेपाली जनतालाई गराउन नसक्दा निर्वाचनमा काँग्रेसले ठुलो हार व्योहोरेको कुरा स्मरण गराउँदै, काँग्रेस नेत्री डिनाले स्व. खड्का एक दूर दृष्टि भएको नेता बताएकी थिइन । गुट र उपगुटमा नगै वैचारिक सिदान्तको आधारमा कार्यगत एकता गरी अगाडि बढ्नु पर्ने धारणा राख्दै नेत्री डिनाले, व्यक्तिको होइन सङ्गठनको भईदिन कार्यकर्तालाई निर्देशन दिएकी थिइन ।

विशेष अथितिको रूपमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं समितिका सभापति आनन्द विष्टले, खुमबहादुर खड्का कार्यकर्तालाई औधी माया गर्ने राष्ट्र प्रेमी नेता भएको कुरा राखेका थिए भने नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले लोकतन्त्र प्राप्तिका अथक योद्धा स्व. खुमबहादुर खड्का साहसी, निडर, एक कुशल संगठक र राष्ट्रवादी नेता भएको कुरा स्मरण गर्दै, उहाँ प्रति हार्दिक श्रद्धा सुमन अर्पण गरेका थिए ।

अन्य शोक मन्तव्य राख्नेहरूमा नेपाली काँग्रेसका नेता श्यामकाजी गुरुङ, नेजसस अमेरिकाका केन्द्रीय सदस्य द्वय सुन्दर गुरुङ, सुवास लामा, सल्लाहकार, हरीनारायण सापकोटा, एनआरएन आई सिसी सदस्य द्वय बन्दना कोइराला, गोमा सेन, कृष्ण पोख्रेल, शिव बानिया, पर्यटन दूत प्रदीप श्रेष्ठ, कमला प्रसाई, हरीस चन्द्र हमाल लगायत थिए ।

स्व. खड्काको शोक सभा सकिए लगतै, न्यु योर्क सहरको रिजउडमा निर्माण हुनलागेको सामुदायिक भवन तथा दुर्गा मन्दिरका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाद्धारा घोषणा गरिएको सहयोग रकम मध्ये पहिलो किस्ता बापत जम्मा ($८७५०) आठहजार सातसय पचास डलर प्रमुख अथिति नाका केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायको हातबाट दुर्गा मन्दिरको पण्डित द्वय हरीनारायण समकोटा र उद्वप शास्त्रीलाई हस्तान्तरण गरिएको थियो । 

उक्त रकम सङ्गठनका निम्न व्यक्तिहरूबाट सङ्कलन गरिएको थियो ।
१.नवीन शेरचन
२.आनन्द विष्ट
३.मुनिन्द्र नेम्बाङ
४. रोशन ढुंगाना
५. महेश मल्ल
६. अमर तामाङ,
७. दुर्गेश कार्की
८. सोमनाथ हुँमागाई
९. शिव बानिया
१०. गणेश विष्ट
११. प्रवीण गौतम
१२. अनन्त सुवेदी,
१३. श्यामकाजी गुरुङ
१४. टक रूवाली
१५. अनन्त न्यौपाने ।

ज्याक्सन हाईटको स्थानीय थकाली रेस्टुरेन्टमा आयोजित स्व. खुमबहादुर खड्काको श्रद्धाञ्जली सभाको सभापतित्व नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टरका उपसभापति अमर तामाङले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव महेश मल्लले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *