२०८३ भदौ ४ गते | 20th of August 2026

अर्को विश्व किर्तिमानको तयारीमा लायन अनन्तराम केसी

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २८ गते २०:१४

काठमान्डौं –  विगतमा ८० घण्टा लगातार भाषण गरी विश्व किर्तिमान कायम गर्न सफल हुनुभएका लायन अनन्त राम केसी पुनः अर्को विश्व किर्तिमानको तयारीमा जुट्नुभएको छ । न्यू माइण्डस् एकेडेमीको प्रस्तुतिमा केसीले अब पुरानो किर्तिमानलाई भंग गर्ने गरी ८० घण्टा भन्दा बढी लगातार भाषण गर्न लाग्नुभएको हो ।

गिनिज वल्र्ड रकेर्डस्मा नाम दर्ता हुने गरी अर्को विश्व किर्तिमानको तयारीमा लाग्नु भएका केसीले आगामी वैशाख १३ गते विहान ७ बजे
देखि भाषण शुरु गर्ने कार्यक्रम तय भएको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको ईस्ट पोल माविमा हुने कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको कार्यक्रम संयोजक तथा लायन्स क्लबका पूर्व गर्भनर लायन कुमारराज सुवेदीले जानकारी दिनुभयो । 

सम्पूर्ण नेपालीको स्वाभिमान र गौरवलाई अझ उचो बनाउने यस अभियानमा आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनका लागि कार्यक्रम संयोजक तथा न्यू माइण्डस् एकेडेमीका अध्यक्ष सुवेदीले हार्दिक अपील गर्नु भएको छ। नुवाकोट स्थायी घर भएका केसी मेमोरी मास्टरको रुपमा सुपरिचित हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *