२०८१ जेठ ६ गते | 19th of May 2024

रमेश खरेलले दिए प्रहरीबाट राजीनामा

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत २८ गते २१:२३

काठमाडौं – प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका छन् । प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदार मध्येका एक खरेल सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट बनेसँगै खरेलले सामाजिक संजाल फेशबुक मार्फत  राजीनामा दिएका हुन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई बढुवा गरेको थियो । नेपाल प्रहरीमा दुई प्रतिस्पर्धी डीआइजी रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख खनाल कार्यसम्पादन मूल्यांकन (कासमू) मा एक नम्बरमा थिए।

खरेलको फेसबुक स्टाटस यस्तो छ

नवनियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *