२०८१ वैशाख २४ गते | 6th of May 2024

सचेत युवा समूहद्वारा तीन दिने प्रस्तावना लेखन तालिम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ३० गते ११:४३

काठमान्डौं – सचेत युवा समूह, गोकर्णेश्वर नगरपालिका वडा नं. ६, जोरपाटी धनसिङकोटद्वारा सञ्चालन गरिएको ३ दिन प्रस्तावना लेखन तालिम कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपालको प्रमुख अतित्थमा सम्पन्न कार्यक्रम सोही नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्षका साथै समापन कार्यक्रमका सभापति रमेश अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रस्तावना लेखन नगरपलिका साथै सम्पूर्ण प्रशिक्षर्थीहरुका लागि उपयोगी मानिएको जानकारी सचेत युवा समूहका अध्यक्ष सन्तोष कुईंकेलले दिनु भयो । मिति २०७४-१२-२३ देखि २०७४-१२-२५ गते सम्पन्न उक्त तालिममा ३१ जना प्रशिक्षर्थीहरुको विभिन्न विषयमा प्रस्तावन समेत तयार परेका थिए । यस कार्यक्रमका प्रशिक्षकको रुपमा अब्बल वीमन इन्टरप्रेनर्स प्रा. लि. प्रशिक्षक दोया निर्जला भट्टराई र ईश्वरराज मैनाली रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *