२०८१ वैशाख २४ गते | 6th of May 2024

पहिलोपटक डबल रोलमा सनी

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख १ गते ३:५१
मुम्बई – आफ्नो अभिनयबाट सबैलाई घायल बनाएका सनी देओल एक कमेडी फिल्ममा काम गर्दैछन् । पहिलो पटक उनी कुनै फिल्ममा डबल रोल प्ले गर्दै देखिने भएका छन् ।
फिल्मको नाम ‘भइयाजी सुपरहिट’ राखिएको छ । यसलाई नीरज पाठकले निर्देशन गर्दैछन् । हल्का- फुल्का कमेडीसँगै यस फिल्मलाई एक इमोशनल ड्रामा बताइएको छ ।
फिल्ममा सनी देओलका अलावा प्रीति जिन्टा, अरशद वारसी, श्रेयस तलपडे, अमीशा पटेल, मुकुल देव, और पंकज त्रिपाठीको पनि अभिनय रहनेछ ।
यूपी अन्डरवर्ल्ड र त्यसको बलिउड कनेक्शनमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्मको रिलिज डेट १८ सेप्टेम्बर २०१८ लाई तय गरिएको छ । फिल्ममा प्रीति जिन्टा एक यूनिक रोल प्ले गर्दैछिन् ।
३६ वर्ष लामो फिल्म करिअरमा सनीले आजसम्म डबल रोल प्ले गरेका छैनन् । उनी भन्छन्, ‘यूनिक स्क्रिप्ट छ र फिल्मका काम गर्नका लागि निकै उत्साहित छु ।’ फिल्ममा केही आकर्षक एक्सन सिन पनि राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *