काठमान्डौं – सरकारले आजबाट सुरु गरेको बिधार्थी भर्ना अभियानमा सहभागी हुँदै काङ्ग्रेस नेता गगन थापाले एक बालिकालाई कक्षा १ मा भर्ना गरेका छन ।
बुढानिलकण्ठ नगरपालिका चुनिखेलको बालउद्धार बिधालयमा रशिका श्रेष्ठलाई भर्ना गरेको थापाले फेसबुकमार्फत जानकारी दिएका छन ।
उनले यो अभियानमा सहभागी हुन सबैलाई अपिल गरेका छन् । थापाले लेखेका छन्, पढ्न नपाएका थुप्रै बालबालिका हाम्रो वरिपरी नै छन । हाम्रो सानो सहयोगले तीनले पढ्न पाउनेछन ।
‘यही बिद्यालयमा पनि यस्तो आवस्यकता भएका अन्य धेरै विद्यार्थीहरु छन् । आउनुहोस् अभियानमा सहभागी बनौं ।’
