२०८१ वैशाख २१ गते | 3rd of May 2024

बोष्टनमा वाचनप्रविण पोखरेलको एक दिने आध्यात्मिक प्रवचन आयोजना हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ४ गते ७:३६

यम पौडेल – नयाँ बर्ष आगमनसगै अमेरिकाको बोष्टनमा यहि अप्रिल १९ तारिख बिहिबारका दिन पुन एक दिने आध्यात्मिक प्रबचन हुने भएको छ । मेटफोर्ट सिटि ४०७ आर मेस्टिक एभ स्थित शिवालय मन्दिर को दुर्गा हलमा नै प्रबचन आयोजना गरिएको छ ।जहा यस भन्दा अगाडि पनि प्रबचन भएको थियो । यस सम्बन्धमा पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यु इँङग्ल्याण्ड को अप्रिल १ तारिख को मिटिङले निर्णय गरिसकेको छ । वाचन प्रबिण दिनबन्धु पोखरेल पुन बोष्टन आऊने थाहा पायपछि भेटघाट तथा एक दिने प्रबचन गर्ने बिषयमा बैठक बोलाइएको थियो । आठ महिना अघि अगष्ट ६ देखि १३ गते सम्म त्यसै ठाऊमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सब सोचे भन्दा ब्यापक रुपमा सफल भएको थियो ।त्यस महायज्ञको सफलतालाई आत्मसाथ गरि महोत्सबको ऊर्जा र ऊत्साहलाई फाऊण्डेशनको पक्षमा निरन्तरता दिन एक दिने प्रवचन आयोजना गरिएको कुरा प्याब्फोनले जनाएको छ ।

बोष्टनमा नेपाली फेरि जम्मा हुने दिन आयो, आध्यात्मिक प्रवचनको आनन्दमा रमाऊने, भगवानको नाम लिने, भजन गाऊने,भजनमा नाच्ने, दुख बिर्सने, रमाइलो दिन आयो । बोस्टन सप्ताह २०१७को स्मरण गरौं, बोलेको भए सम्झिऊ, छुटेको भए समेटिऊ, स्वच्छाले जाऊ , सबै जुटौ, कोहि नछुटौ,धर्म गरौ पुण्य कमाऊ, नेपाली कम्युनिटि सेन्टर बोष्टनमा बनाऊ भन्दै फाऊण्डेशनका साथिहरु बडा रमाईलो सँग एक दिने प्रबचनलाई सफल पार्न लागि परेका छन । प्रचार प्रसारमा जुटेका छन ।

बोष्टनमा पशुपतिनाथको मन्दिर र बुद्दको स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाऊने ऊद्देश्यले पशुपतिनाथ बुद्द फाऊण्डेशनको स्थापना भएको हो ।यसले बिगत केहि बर्ष देखि नेपाली गतिबिधि मार्फत अर्थ सँकलन गर्दै आएको छ । गत २०१७मा अगष्ट ६ देखि १३ गते सम्म आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सब एेतिहासिक नै भएको थियो ।जहासम्म बिदेशका भागबत सप्ताहहरुमा यतिबिध्न सहभागिता र धेरै दान सँकलन भएको सप्ताह “ बोष्टन सप्ताह” नै हुनुपर्छ । बोष्टन सप्ताह मय भएको थियो । सप्ताह शुरुभएपछि नेपालमय सप्ताह जस्तै भयो बोष्टनमा । यस महायज्ञबाट आयोजकले सोचे भन्दा पनि धेरै १५,७४,५६१.१४ डलर (नगद एवँ बचनबद्दता सहित) प्राप्त भएको छ । जसले गर्दा सँस्थाको आर्थिक हैसियत ह्वात्तै बढेर यतिबेला १.८ मिलियन डलर भन्दा बढि भइसकेको अबस्था छ । फाऊण्डेशनको प्रपटि सर्च टाष्क फोर्स कमिटिले शसक्त रुपमा ऊपयुक्त घर खोज्ने क्रम जारी राखेको छ ।

बजारमा आएका कैयौ ऊपयुक्त घर( हल सहितका घर) लाई अफर हाल्ने काम पनि गरेको छ ।यो समाचार लेख्दै गर्दा स्टोनह्याम सिटि मेनरोड स्थित एक घरको लागि अफर हाल्ने तयारीमा टाष्क फोर्स रहेको जानकारी प्राप्त भएको छ । यसरी निकट भबिश्यमै बोष्टनका नेपालीहरुले आफ्नै नेपाली कम्युनिटि सेन्टर पाऊने देखिएको छ, आफ्नै नेपाली हलमा नेपाली कार्यक्रम गर्न पाऊने र सास्कृतिक कार्यक्रम तथा पुजा पाठ गर्न पाऊने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *