२०८१ जेठ ४ गते | 17th of May 2024

कोहलपुर एक्सप्रेस अप्रिल २७ मा नेपाल र अमेरिकामा एकैसाथ रिलिज हुने

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ४ गते ११:०२

बोस्टन – नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेकी बहु-प्रतिक्षित कथानक चलचित्र ‘कोहलपुर एक्स्प्रेस’ अमेरिकाका विभिन्न शहरहरुमा प्रदर्शन हुदैछन । C O W गीत बाट नै चर्चा कमाएको चलचित्र कोहलपुर एक्स्प्रेसको ट्रेलर पनि दर्शक माझ निकै चर्चित हुनपुगेको छ । कलिवूडमा मन पराईएका तीन चर्चित नायिकाहरु प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारी अभिनित चलचित्रबाट नेपाली सिने जगतमा सम्भावनाको निकै नै आशा गरिएको छ ।

Image result for kohalpur express

ट्रेलर मा भनिएका पंचलाइनहरु हिट भएका छन् । छक्का पन्जामा अत्यधिक रुचाईएका कलाकार बुद्धि तामांग ‘हैट’को बेजोड प्रस्तुति देखिएको छ भने फिल्मी कमेडी क्षेत्रमा आफ्नो अब्बल पहिचान बनाईसकेका कलाकार रबिन्द्र झा पनि सशक्त अभिनयमा देखिएका छन् । Image result for kohalpur express

अमेरिकामा कोहलपुर एक्स्प्रेसलाई प्लानेट ३ फिल्म्स, कोसेली इभेन्ट्स – अमेरिका, नेप्सिने र फ्युजन इन्टरनेशनलले प्रदर्शन-वितरण गर्दै छन् । ‘अहिले अमेरिकाका नेपाली समुदायमा हास्य चलचित्रहरुलाई राम्रो रुचाईएकोले पनि कोहलपुर एक्स्प्रेस अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शन गर्न लागिएको’ कोसेली इभेन्ट्स, अमेरिकाका ईभेन्ट डाइरेक्टर अर्जुनजुङ्ग कुंवरले बताए । Image result for kohalpur express

त्यसो त चलचित्र कोहलपुर एक्स्प्रेसलाई बिशाल भण्डारीले निर्देशन गरेका छन । चलचित्र बैशाख १४ गते अर्थात् अप्रिल २७ बाट नेपालभरी र अमेरिकामा एकैसाथ रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *