पोखरा, २९ वैशाख ।
पोखरा लेखनाथ महानगरपालिका ६ ताल बाराही मावि नजिकै सुतली बम पड्केको छ । बैशाख ३१ गते हुने निर्वाचनलाई बिथोल्न लक्षित गरि बम पड्काएको हुने सक्ने प्रहरीले जानकारी दिएको छ ।
राती करिब साढे ९ बजे सुतली बम पड्केको थियो । पोखरा ६ बैदामको तालबाराही माविमा मतदान केन्द्र तोकिएको छ । बम पड्कीँदा वरपर ठुलो आवाज आए पनि कुनै क्षती भने नभएको प्रहरीको भनाई छ ।