२०८१ जेठ ६ गते | 19th of May 2024

रामप्रसाद खनाल ‘शान्तिका लागि राजदूत’ नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ४ गते ११:४६

भर्जिनिया – संसारका १२० भन्दा बढी देशमा कृयाशिल, संयुक्त राष्ट्रसघका महासचिव देखी विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सबै खाले धर्मका धर्म गुरुहरू, कलाकार, पत्रकार, वैज्ञानिक देखी प्रसिद्ध मानिसहरू आबद्ध, शान्तिका लागि अन्तर्राष्ट्रिय स्तरमै कार्यरत संस्था Universal Peace Federation, USA ले अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाललाई शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त गरेको छ ।

वासिङ्टन डिसीमा आयोजित एक विशेष कार्यक्रममा अमेरिकाको प्रसिद्ध पत्रिका The Washington Times का अध्यक्ष एवम् Universal Peace Federation, USA अध्यक्ष थोमस पी मेकडेभिटले खनाललाई Ambassador for Peace प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । खनाल सँगै भारतीय मूलका रवि चोपरा र शशी चोपरालाई पनि वहाँले शान्तिका लागि राजदूत प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
हिन्दु धर्म गुरु एवम् राजधानी मन्दिरका संस्थापक पूजारी गुरु अमरनाथ देखी, क्रिश्चियन, इस्लाम, बुद्ध धर्म गुरुहरू, समाजका लब्ध प्रतिष्ठित विभिन्न व्यक्तिहरू, विभिन्न देशका प्रतिनिधिहरू उपस्थित समारोहमा संस्था शान्तिका लागि काम गरिरहेको र यसमा संसार भरका सबैखाले व्यक्तित्वहरू समावेश भएको बताइयो । परिवार, समाज, देश र संसार कै लागि शान्तिका लागि काम गर्ने यो संस्थाको कार्यक्रम मा उपस्थित विभिन्न वक्ताले संसारलाई शान्ति चाहिएको बताउनुभयो ।हिन्दु धर्म गुरु अमरनाथले शंखध्वनी, बैदिक श्लोक वाचन सहित कार्यक्रम समापन गर्नु अघि लगायत उपस्थित व्यक्तित्वहरूले आ आफ्ना मन्तव्य राख्दै शान्तिका लागि सबैले मिलेर काम काम गर्नुपर्ने बताउनुभयो । डा. विलियम सेलिगले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बारबरा मोसेली, रन्ड्याल फ्रेन्सिस मिचिगो यकोहामा लगायतले Universal Peace Federation, USA को बारेमा जानकारी राख्नुभएको थियो । 

शान्तिका लागि राजदूत अर्थात् Ambassador for Peace मा नियुक्त रामप्रसाद खनाल, रवि चोपरा र शशी चोपराले पनि आ आफ्ना मन्तव्य राख्दै विश्व शान्तिका लागि आफूहरूले मिलेर काम गर्ने र सक्दो योगदान दिने बताउनुभयो । सो अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीकाका महासचिव भूपनारायण घर्तिमगरले नेपालीहरूका तर्फबाट मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सबै उपस्थित व्यक्तित्वहरूले पनि नेपाली नयाँ वर्षका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *