२०८१ जेठ ५ गते | 18th of May 2024

‘बाजेको सेकुवा’का मालिक ३३ किलाे सुन प्रकरणको छानबिनमा ?

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ५ गते ८:४१

काठमाडौं – बहुचर्चित ३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणमा छानबीनमा रहेका चर्चित चेन रेस्टुरेन्ट बाजेको सुकुवाका सञ्चालक चेतन भण्डारी यतिबेला नेपाल बाहिर रहेको तथ्य फेला परेको छ ।

विशेष स्रोतका अनुसार भण्डारी बाजेको सेकुवाको नयाँ शाखा विस्तार गर्नका लागि कतार पुगेका छन् । यता प्रहरीले भने ३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणमा उनले लगानी गरेको देखिएपछि उनको बैंक खाता र सम्पत्ति रोक्का गरेको छ ।

‘सर केही दिनभित्रै नेपाल आउनु हुन्छ । अमेरिकामा हाम्रो नयाँ शाखा विस्तार सकिएको छ । केही दिनअघि परिवार सहित उहाँ अमेरिकामै हुनुहुन्थ्यो,’ एक कर्मचारीले भने,‘अहिले कतारमा पनि नयाँ शाखा विस्तारका लागि पुग्नु भएको छ । कतारको काम सकेपछि उहाँ नेपाल फर्कनुहुन्छ ।

स्रोतका अनुसार भण्डारी उनकी पत्नि नितिमा कार्की, उनका बुवा दिनानाथ भण्डारी सहित यात्रामा छन् । नेपाली नयाँ वर्षको अवसरमा शुरु गरिएको अमेरिकाको न्युयोर्क स्थित रहेको बाजेको सेकुवा उद्घाटनमा क्रममा तामझाम सहित सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।

करीब १७ करोड मुल्य बराबरको तस्करीको सुन विमानस्लबाटै हराएको थियो । विराटनगरमा भएको सानम शाक्य हत्यासँग समेत भण्डारीको समलग्नता देखिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार सो गिरोहका नाईके चुणामणि उप्रेती ‘गोरे’ उनै भण्डारीका आफन्त हुन् ।

प्रहरीका अनुसार उक्त समुहले ५ वर्षदेखि नै विमानस्थलमा सेटिङ मिलाएरै तस्करी गर्दै आएको थियो । प्रहरीका अनुसार बाजेको सेकुवाका रेष्टुरेन्ट सञ्चालक भण्डरीले तस्करीको सुन पसलहरुमा लगानी गरेका छन् । सुन तस्कर गोरेका भान्जा पर्ने भण्डारीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ, नेपाली जनता डट कमले लेखेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *