सान फ्रान्सिस्को – गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् अमेरिकाको हेल्प डेस्क पहिलो पटक क्यालिफोर्नियामा आफ्नो सार्वजनिक उपस्थिती जनाउने भएको छ।
यस अघि अमेरिकाका विभिन्न राज्यहरुमा राम्रो प्रभाव पारीरहेको बहु चर्चित परियोजना क्यालिफोर्नियामा लैजान लागिएको हो।
आगामी अप्रिल २१ तारिखका दिन हेल्प यन्ड सेल्फ हेल्प बिषयक एक अभिरुची पूर्ण र उपयोगी कार्यशाला गोष्ठी हुन गईरहेको हेल्प डेस्क उत्तर क्यालिफोर्निया संयोजक तथा एनआरएन क्यालिफोर्निया च्याप्टरका तुलसी चौलागाईंले बताए।
सो कार्यक्रम एनआरएन क्यालिफोर्निया च्याप्टर तथा हेल्प डेस्कको संयुक्त आयोजनामा हुन गईरहेको र सो को सम्पूर्ण तयारी पूरा भईसकेको एनआरएन क्यालिफोर्निया च्याप्टरका सचिव रोशन अधिकारीले स्पस्ट पारेका छन्।
उक्त अवसरमा कानून, घर खरिद तथा ट्याक्स भर्ने विषयमा आफू कसरी बढी फाईदामा रहन सकिन्छ भन्नेबारे विज्ञहरुबाट प्रस्तूती हुने छ।
सो कार्यक्रममा दक्षिण क्यालिफोर्नियाबाट समेत हेल्प डेस्क केन्द्रिय सभापति तथा अ एन आर एन एन सि सि यु एस् कि उपाधक्ष उमा कार्की थापा, एन आर एन क्यालिफोर्निया च्याप्टर अध्यक्ष राम बाबु पाण्डे लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिती हुने छ।
सान फ्रान्सिस्को स्थित अर्बान करी रेस्टुराँमा सम्पन्न हुने सो कार्यक्रममा इमीग्रेशन अटोर्नी यज्ञ नेपाल, सि पि ए श्याम श्रेष्ठ तथा टंक रायक्षेत्री, रियल्टर सुरज पाख्रिन तथा नविन (बेन) अधिकारीको प्रस्तूती हुने र प्रस्तूती पछी प्रश्नोत्तर सेसन सन्चालन हुने आयोजकले जनाएको छ।
सो कार्यक्रम जनमुखी र उपयोगी हुने हुनाले उल्लेख्य उपस्थिती हुने अपेक्षा गर्दै आयोजकले सम्र्पूण संघ संस्थाका प्रतिनिधि लगायत, विध्यार्थी, युवा, पत्रकार, बुद्दिजिवी, व्यापारी लगायत सम्पूर्णलाई उपस्थितीको लागि सादर अनुरोध गरेको छ। कार्यक्रम अप्रिल २१ तारिखका दिन साँझ ५ बजे युर्बन करी रेष्टुरेन्टमा हुनेछ।
Date: April 21, 2018
Time: 5:00 PM
Venue: Urban Curry Restaurant
523 Broadway, San Francisco, CA 94133
