२०८३ वैशाख २ गते | 15th of April 2026

राजा बिरेन्द्रको नाममा स्विस कम्पनीको ब्रान्ड बियर

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ७ गते ११:४३
स्स्विट्जरलैंडको बियरमा बिरेन्द्रको फोटो र नाम स्बिजरलैन्डको ज्यूरिख स्थित एउटा बियर कम्पनिले नेपालका पुर्बराजा बिरेन्द्रको फोटो र नाम सहितको बियर बजारमा ल्याएको छ । नेपाली टोपी दौरा कोट र चस्मा लगाएका पुर्बराजाको फोटो सहितको बियरको बोतलमा अल्कोहल प्रतिशत ४.७ लेखिएको छ ।
   
स्पाईसि हर्ब र भेजिटेबलको प्रयोग गरेर बनाईएको उक्त बियरमा नेपाली पुर्बराजाको फोटो राख्नु ठिक होईन । उक्त कम्पनिले भारतिय बियरहरु उत्पादन गर्ने गरेको र पछिल्लो समय बिरेन्द्रको फोटो र नाम राखेर बियर उत्पादन गरेको देखिन्छ । डेनमार्क , जर्मनी लगाएर यूरोपभरि उक्त बियर पाईने गरेको बुझिन्छ । नेपाल सरकारले उक्त बिषयलाई हल्का रुपमा लिन नहुने देखिन्छ । कुनैपनि बियर र चुरोटमा कुनै अर्कै देशको सम्माननिय ब्यक्तिलाई राख्नु आफैमा अन्तराष्ट्रिय कानुन बिपरित पनि हो ।
 
श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव भनेर औपचारिक रुपमा हामीले सुन्दै आएको नामलाई ‘वीरेन्द्र बियर’ बनाएर एउटा स्विस कम्पनीले बेचिरहेको छ। वीरेन्द्र नामको यो बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ।
   

Turbinenbräu नामको स्विस कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड/हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो। नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउँछ।

  

बियर खाएको फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बियर खाएको फोटो राखेका छन्।

अर्को स्विस वेबसाइट intercomestibles.ch का अनुसार टिमुर राखिएको यो बियरको नाम राजा वीरेन्द्रको नाममा राखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *