२०८१ वैशाख २३ गते | 5th of May 2024

पृथ्वीको जगमा शिल्पा भन्दै कान्छी सम्म पुगेका चमत्कारी कृष्ण

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ८ गते १:५९

टेक्सास – संचारकर्मीका रुपमा परिचित टेक्सास निवासी किशन रेग्मीले पछिल्लो समय सांगीतिक महासागरमा डुबुल्की मारेका छन् । अमेरीकामै युएसखवर डट कम अनलाइन संचालन गर्दै आएका किशन रेग्मीले संचार क्षेत्रका अनुभव र सांगीतिक माहौलका कारण गायन कलामा पाइला अघि बढाएका हुन् । उनै नवगायक किशन रेग्मीले गायिका श्रुती योगीसंग तालमा ताल मिलाउँदै नवबर्ष २०७५ को शुरुवातसंगै संगीतप्रेमीहरुका लागि कान्छी हे कान्छी बोलको गीत वल्र्डवाइड प्रिमियर गरेका छन् ।

अप्रिल २० तारिख अर्थात बैशाख ७ गते युएसखवरको आधिकारिक युट्युव च्यानल यु एस मिडिया नेटवर्कमार्फत कान्छी हे कान्छी गीत रिलिज गरिएको हो । पहिलो गीतबाटै चर्चा अनि प्रशंसकहरुको माया पाइरहेका गायक किसन रेग्मीलाई उक्त गीतमा गायिका श्रुती योगीले साथ दिएकी छिन । 

गायक रेग्मी अमेरीकाको टेक्सास बस्दै आएपनि उनले यो गीत स्थानीय स्टुडियोमा रेकर्ड गराएर ड्वेट भर्सनका लागि नेपाल पठाएका हुन् । सोही गीतका ब्यानर तथा अडियो केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । समय सान्र्दभिक उक्त गीतको भिडियो उद्धव सिलवाल प्रोडक्सन र युएस मिडिया नेटवर्कको सहकार्यमा तयार पारिएको हो । 

आम दर्शकलाई मध्यनजर गर्दै युवापूस्ताका प्रेम र रोमान्सलाई श्रब्यदृष्य भिडियोमा समेटिएको छ । । गीतका शब्द प्रल्हाद रिजालले लिपिवद्ध गरेका हुन भने एसडी योगीले कर्णप्रिय संगीत भरेका छन् । कान्छी हे कान्छीलाई निर्देशक प्रकाश धितालले कलात्मक रुपले भिडियोमा उतारेका छन । मोडल शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको संयोजनले गीत अझ उत्कृष्ट बनेको छ । 

ललितपुरको गोदावरी रिसोर्टमा छायांकन गरिएको उक्त गीतलाई उत्सव दाहालले खिचेका हुन भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । अमेरीकाका उद्धव सिलवाल निर्माता रहेको उक्त गीतको भिडियो अप्रिल २० शुक्रवार अमेरीका लगायत बिश्वभर एकसाथ रिलिज गरिएको हो । गीतले युवापुस्ता र अहिलेको माया प्रेमलाई मिठास ढंगले प्रस्तुत गरेको निर्माता उद्धव सिलवालले उल्लेख गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *