२०८० मंसिर १३ गते | 29th of November 2023

एनआरएन अमेरिकाको कला-संस्कृती समिती पुर्ण

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ८ गते २२:५४

अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको कला संस्कृती समितीले पुर्णता पाएको छ ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाले प्रवासमा नेपाली कला संस्कृतीको बिस्तार तथा संरक्षणका गठन गरेको समितीलाई पुर्ण बनाइएको हो ।

एनआरएन अमेरिकाकी बोर्ड अफ डाइरेक्टर बिन्दु सापकोटा निरौलाको संयोजकत्वमा गठित समितीको उपसंयोजकमा बरिष्ठ संचारकर्मी तथा कलाकर्मी नारायण पुरी, चलचित्रकर्मी बिक्रान्त बस्नेत, कलाकर्मी टेक वाइबा लामा तथा संचारकर्मी तथा कलाकर्मी एसबाबु सन्दिप चौधरी रहनुभएको छ ।

यस्तै समितीको सदस्यहरुमा तिष्णा शर्मा, दिपक हुमागाई, गम्बु शेर्पा, बिमल डांगी, सर्दुला जोशी, लाक्पा तेन्जी शेर्पा, अभय ढुंगेल र बिपिन थकाली रहनुभएको एनआरएन अमेरिकाका मिडिया कोर्डिनेटर बाल जोशीले जानकारी दिनुभयो ।

नेपाली कला संस्कृती संरक्षण तथा बिस्तारमा सक्रिय सबै क्षेत्रका व्यक्तित्वहरुलाई समेटेर कला संकृती समितीलाई पुर्णता दिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *