२०८३ भदौ ४ गते | 20th of August 2026

अमेरिकामा ने.वि. संघको स्थापना दिवस

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ११ गते ११:५६

न्युयोर्क – प्रभात सापकोटा संयोजक रहेको नेपाल बिद्यार्थी संघ अमेरिका शाखाले नेबिसंघ को ४९ औं स्थापना दिबसका अवसरमा न्युयोर्कमा एक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

नेबिसंघको स्थापना दिबस तथा नेपाली नयां बर्ष २०७५ को अबशर पारेर शुभकामना साटासाट संगै अन्तरक्रिया कार्यक्रम गरेको हो । नेपाली जन सम्पर्क समिती अमेरिकाका पुर्ब संयोजक बिष्णु सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई जन सम्पर्क समितीकी अग्रज सारदा क्षेत्री, निबर्तमान केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसका महाधिबेसन प्रतिनिधी प्रमोद सिटौला, पत्रकारद्धय किरण मरहट्ठा, आङ छिरिङ शेर्पा, तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्त सुबेदी, पुर्ब प्रोफेसर तथा समाजसेवी डा. तारा निरौला, मिङमार शेर्पा, बन्दना कोइराला लगायतले बोल्नुभएको थियो ।

नेपाल बिद्यार्थी संघ अमेरिका शाखाका संयोजक प्रभातराज सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन नेबिसंघ धादिङ जिल्लाका पुर्व सचिव टक बहादुर रुवालीले गर्नुभएको हो भने स्वागत मन्तव्य आश्ना भट्टले दिनुभएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *