सान-फ्रान्सिस्को – सान फ्रान्सिस्कोमा हालै सम्पन्न सम्पन्न हेल्प यन्ड सेल्फ हेल्प बिषयक बहुमुखी कार्यशाला गोष्ठिमा अधिकाँश सहभागीहरुले एन आर ए यु एस् को हेल्प डेस्कको प्रसँशा गर्दै एन आर एन एन सि सि यु एस् ए लाई हेल्प डेस्कको लागि एक छुट्टै कोषको स्थापना गर्ने माग गर्नु भएको छ।केही सहभागीहरुले एन आर एन ले लिने १५ डलर सद्स्यता शुल्क मध्य २ डलर हेल्प डेस्क कोषमा राख्न पर्ने सुझाव दिएका छन। एन आर एन क्यालिफोर्निया च्याप्टर तथा एन आर एन हेल्प डेस्क उत्तर क्यालिफोर्नियाको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा सहभागीहरुले अत्यनत अभिरुची पुर्वक सहभागी हुँदै सो कार्यक्रमबाट आफू निकै लाभान्वित भएको विचार व्यक्त गर्नु भएको छ। 
एन आर एन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष राम बाबु पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सँचालन च्याप्टर सचीव रोशन अधिकारीले गर्नु भएको थियो भने एन आर एन ए हेल्प डेस्क रेसोर्स पर्सन तथा एन आर एन एन सि सि यु एस् ए का सल्लाहकार उत्तम कार्किले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा एन आर एन ए हेल्प डेस्क कि सभापति तथा एन आर एन एन सि सि यु एस् ए कि उपाधक्ष उमा कार्की थापाले प्रमुख अतिथिको आशनबाट बोल्दै उत्तर क्यालिफोर्नियावासी नेपालीहरुलाई आफूलाई व्यक्तिगत रुपमा र संस्थागत रुपमा सहयोग पुर्याउनु भएकोमा हार्दिक आभार प्रकट गर्नु भएको थियो। एन आर एन हेल्प डेस्कको भावी योजना बारे प्रकाश पार्दै बिभिन्न क्षेत्रमा कार्यरत एक्स्पर्टहरुलाई हेल्प डेस्कका रिसोर्स पर्सनको रुपमा सहयोग पुर्याउन आव्हान गर्नु भयो। एन आर एन हेल्प डेस्कलाई सँचालन गर्न कोषको व्यवस्थापन कसरी गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा सो बारेमा एन आर एन एन सि सि बोर्डमा राखेको र बोर्डले सो को समाधान गर्ने विश्वास व्यक्त गर्नु भयो। सो अवसरमा एन आर एन हेल्प डेस्क केन्द्रिय समितिकाका सद्स्य सचीव मणी नेपाली पनेरुले हेल्प डेस्कको मिसन भिजन उद्देश्य र कार्यक्रम बारे विस्त्रित रुपमा प्रकाश पार्नु भएको थियो ।

हेल्प यन्ड सेल्फ हेल्प कार्यशाला गोष्ठिमा अध्यावधिक अमेरिकि इमिग्रेशन ल को बारे बिस्त्रित व्यख्या गर्दै इमिग्रेशन अटोर्नी यज्ञनेपालले हाल कानून निकै कडा हुँदै गएको र सो बाट बाँच्न सकिने उपायहरु बारे चर्चा गर्नु भएको थियो। त्यसै गरी रियल्टर वेन नविन अधिकारीले घर किन्दा गर्नु पर्ने तयारी, रिण लिनका लागि चाल्न पर्ने आवश्यक पाइलाहरु र कसरी घर किन्ने क्रममा बढी भन्दा बढी पैसा जोगाउन सकिन्छ भन्ने बारेमा प्रकाश पार्नु भयो। सो अवसरमा भरखर व्यवशाय सुरु गर्नु भएका युवा रियल्टर सुरज पाख्रिनले घरको भाउको मुल्य विचलनका कारण र हाल तथा भविष्य को मुल्य विचलन सम्भावना तथा घर किन्दाको प्रकृयामा के के ध्यान पुर्याउन जरूरी छ सो को बारेमा रोचक प्रस्तूती गर्नु भएको थियो। त्यसैगरी सि पि ए टंक रायक्षेत्रीले आई आर एस् का बिभिन्न नियमहरुको प्रकाश पार्दै कसरी ट्याक्स फाइल गर्दा लाभान्वित हुन सकिन्छ भन्ने बारेमा विस्त्रित जानकारी दिनु भएको थियो। 
सो अवसरमा प्रमुख अतिथी उमा कार्की थापाले हेल्प डेस्कका बिभिन्न पदाधिकारीहरु तथा रिसोर्स पर्सन्हरुलाई नियुक्तीपत्र प्रदान गर्नाका साथै कार्यक्रममा सहयोग पुर्याउने बिभिन्न महानुभावहरुलाई प्रसँशा पत्र प्रदान गर्नु भयो। सो अवसरमा प्रोस्तहाहरु इमिग्रेशन अटोर्नी यज्ञ प्रसाद नेपाल, रियल्टर बेन नविन अधिकारी, सि पि ए टँक राय छेत्री, रियल्टर सुरज पाख्रिन, उपस्थित मिडियाकर्मी खुल्लामन्चका प्रतिनिधि सागर श्रेष्ठ तथा ओ एस् नेपालका सन्दीप बाबु चौधरीलाई सम्मानित गरिएको थियो।

सो कार्यक्रममा जनसंपर्क समिती अमेरिकाका नर्दर्न क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, तमाङ कोअपरेशन सोसाइटिका अध्यक्ष कुमार डोङ, एन आर एन क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण बानिया, एन ए एन सि का उपाधक्ष हेमा पनेरु, एन आर एन हेल्थ एन्ड हाइजिनका सन्योजक बन्धु पोखरेल, एन आर एन आई सि सि सदस्य डिल्ली भट्टराई, एन आर एन बोर्ड अफ डाइरेक्टर बिन्दु सापकोटा तथा बिष्णु शाह, जन संपर्क समिती अमेरिकाका केन्द्रिय सचिव इश्वर सापकोटा, लायन्स क्लब अफ बर्क्ली मकालुकी चार्टर प्रेसिडेन्ट मनोहरा थापा बोगटी लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको सो कार्यक्रम अत्यन्त उपायोगी र र स्तरीय रहेको पर्यवेक्षकहरुले टिप्पणी गरेका छन।
