क्यालिफोर्निया- नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया(नान्स ) को नियमित नयाँ बर्ष पिकनिक कार्यक्रम यस बर्ष २०७५को बिशेष अवसरमा ध्रुब बस्यालको सम्योजकत्वोमा भब्य हुने पक्का पक्कि भयको छ I वे एरियाको एक मात्र छाता संस्थाको रुपमा मानिदै आयको यस नान्सको यस बर्षको पिकनिक बिगतको तुलनामा केहि फरक हुने संयोजक बस्याल बताउनु हुन्छ I नेपाली नयाँ बर्षको बिशेष अवसरमा मिश्टान्न परिकारहरुको स्वाद लिदै, शुभ कामना आदान प्रदान र भेटघाटमा मात्र सिमित नरही यस पटक विभिन्न संघ संस्थाहरु समेतका विभिन्न सेवाहरुलाई नेपाली समुदायमा पुर्याउने जमर्को समेत गरेको कोषाध्यक्ष प्रेम परियारले बताउनु भयो I
नेपाली नयाँ बर्षको बिशेष आकर्षण यस पटक लायन्स क्लब अफ बर्क्ली मकालु संगको सहकार्यमा बिशेष उपकरण जडान गरि बरिस्ट डाक्टरहरुको उपस्थितिमा निशुल्क आखाँ परिक्षण, स्वस्थ परिक्षण, डाइबेतिज़ परिक्षण, पोषण सम्बन्धी निशुल्क परामर्श सेवा र निशुल्क चस्मा समेतको वितरण गर्ने कार्यक्रम समेत रहेको बरिस्ठ उपाध्यक्ष ईश्वर सिटौलाले बताउनु भयो I डा . तेन्जिन चुटक, डा . किशोर मास्के, नर्स को – अर्डिनेटर रजिस्टर्ड नर्स गोपी लामा, रजिस्टर्ड नर्स सरदा दाहाल , एच . ए . थलबिर ओली लगायत नेपाली भाषी बिज्ञहरुको उपस्थितिमा सेवा प्रदान गरिने संस्थाको कार्यक्रम रहेको छ I स्वास्थ सम्बन्धी आफ्नो करियर चाहनेहरुको लागि डी.एच.टि.आई. को निशुल्क सेवा सम्बन्धी जानकारी लगायत अन्य सेवा सम्बन्धी जानकारी मुलक स्टलहरु समेत राखिने संस्थाका अध्यक्ष रबिन्द्र राईले बताउनु भयो I बाल मैत्री पिकनिक बनाउने उद्देश्य सहित बालबालिका खेलकुद कार्यक्रमहरु समेत राखियको आयोजक मध्य सागर श्रेष्ठले बताउनु भयो I यस पटक पिकनिक बालबालिका, युवा, तन्नेरी, महिला, बृद्ध बृद्धा, नब आगन्तुक सबैका लागि बिशेष कार्यक्रम सहित आयोजना भयको हुदा विभिन्न व्यक्ति महानुभाब, स्थानीय ब्यबसायीहरुले मन खोलेर सहयोग गर्ने क्रम बढेको सदस्य प्रेम के सीले बताउनु भयो I महासचिव प्रीतेश कार्कीको अनुसार अप्रिल २९ मा 900 Dornan Dr. Richmond, CA मा यस निशुल्क पिकनिकमा धेरै नेपालीहरु साथै अन्य समुदाय समेतको उपस्थितिमा सम्पन्न हुने कुरामा आफु बिस्वस्त भयको कुरा बताउनु भयो I
https://www.facebook.com/nanc.calif/videos/10210921240219237/