२०८१ वैशाख २६ गते | 8th of May 2024

स्वास्थ्य संस्थामा हुने तोडफोडलाई स्विकार गर्न सकिदैन – गगन थापा

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख १८ गते १७:४८

काठमान्डौं – पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका गगनकुमार थापाले विभिन्न वहानामा स्वास्थ्य संघ संस्थामा हुने गरेका तोडफोडका घटनालाई कुनै पनि हालतमा स्विकार गर्न नसकिने बताउनु भएको छ । १ सय २९ औं श्रमीक दिवसको अवसरमा ओम हस्पिटल कर्मचारी यूनियनले गरेको कार्यक्रमलाई मंगलवार राजधानीमा सम्बोधन गर्दै थापाले प्रशासनले गोप्य रुपमा तोडफोडका घटनालाई साम्य पार्ने प्रयास गर्दा समस्या झन् बल्झने गरेको टिप्पणी गर्नुभयो । 

काठमाडौं क्षेत्र नम्बर ४ का निर्वाचित सांसद पनि रहनु भएका थापाले स्वास्थ्य क्षेत्रमा धेरै विकृति रहेको तथ्य औल्याउ“दै स्वास्थ्य ऐनको प्रभावकारी निर्माण स“गै त्यसको कार्यान्वयनमा जोड दिनुभयो । सार्वजनिक शिक्षा र स्वास्थ्य बलियो नभए सम्म मुलुक समृद्ध हुनै नसक्ने थापाको भनाइ थियो । समृद्धि व्यक्ति विशेषका लागि भन्दा पनि आम नागरिक केन्द्रित हुनुपर्छ, थापाले भन्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका थापाले प्रजातान्त्रीक हक अधिकार सुनिश्चित भएस“गै टे«ड यूनियनको दायरा फराकिलो भएको तर्क गर्नुभयो । ओम हस्पिटल कर्मचारी यूनियनका अध्यक्ष केशवप्रसाद चौलागाईले संस्थाको समग्र हितसगै कर्मचारीकोे वृत्ति विकासलाई यूनियनले विशेष प्राथमिकता दिएको बताउनुभयो । यूनियनका जागज मागलाई बेवास्ता गर्दै प्रशासन अघि बढेमा त्यसपछि उत्पन्न हुने परिणामको जिम्मेवार प्रशासन नै हुने चौलागाईले बताउनुभयो ।

यूनियनका उपाध्यक्ष विक्रम मुडभरीले कर्मचारी दास हुन् भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने माग गर्नुभयो । अग्रज मजदूर नेता तथा यूएनआई एशिया प्यासिफिक डाइरेक्टर राजेन्द्र आचार्यले टे«ड यूनियनलाई समस्याको रुपमा लिने सोच नै गलत भएको बताउनुभयो । टेड यूनियनले समस्या समाधान गर्न सधै प्रभावकारी भूमिका खेल्ने गरेको आचार्यले बताउनुभयो । काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष शुद्ध कुमार डंगोलले सार्वजनिक उत्तरदायित्य बोध गर्दै गुणस्तरीय सेवामा ध्यान दिन ओम अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । हस्पिटलका प्रबन्ध संचालक बाबु काजी कार्कीले प्रशासनले टिम वर्कमा विश्वास राख्ने भन्दै कर्मचारीको दक्षता अभिवृद्ध गर्न आफूहरु तयार रहेको बताउनुभयो । कुनै पनि समस्या भए खुल्ला रुपमा प्रशासन समक्ष राख्न उहाले कर्मचारीहरुलाई आग्रह गर्नुभयो । अस्पतालका मेडिकल डाइरेक्टर केपी देवकोटाले संस्थाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ सर्जन डाक्टर धुव्रशर्मा मुडभरीसगै हस्पिटल संचालकहरु विजय मल्ल, चण्डिराज ढकाल, डाक्टर आनन्द श्रेष्ठ लगायतले कर्मचारी र व्यवस्थापन मिल्नुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुको सम्मान सहित बिदाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *