२०८२ फागुन २४ गते | 8th of March 2026

मनिषा कोइराला भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख १८ गते १९:५३

मुम्बई – अभिनेत्री मनिषा कोइरालालाई भारत सरकारले प्रतिष्ठित ‘दादा साहेब फाल्के अवार्ड २०१८’ बाट सम्मानित गरेको छ।

‘दादा साहेब फाल्के अवार्ड’ भारतीय सिनेमा क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई भारत सरकारले वार्षिक रुपमा दिइने प्रतिष्ठित पुरस्कार हो।

कोइरालालाई भारतीय चलचित्र क्षेत्रमा दिएको योगदानको कदरस्वरुप ‘मस्ट भर्सटाइल एक्ट्रेस’ विधामा उक्त पुरस्कार दिइएको हो।

भारतको मुम्बईमा गएराति आयोजित कार्यक्रममा सन् २०१८ को दादा साहेब फाल्के अवार्ड वितरण गरिएको हो।

अक्षय कुमारलाई चलचित्र ‘प्याडमेन’ का लागि बेस्ट एक्टर अवार्ड, ‘ट्वाइलेट एक प्रमे कथा’ फिल्मकी नायिका भूमि पेड्नेकरलाई बेस्ट एक्ट्रेसको अवार्ड र फिल्म डाइरेक्टर राकेश रोशनलाई लाइभ टाइभ अचिभमेन्ट अवार्ड दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *