२०८१ वैशाख १६ गते | 28th of April 2024

एनआरएन अमेरिकाको साधारण सभा तथा बिज्ञ सम्मेलनको तयारी पुरा

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख १९ गते १६:५८

क्यालिफोर्नीया (अमेरिका)- गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आठौं बार्षिक साधारण सभा आउंदो जुन १६ र १७ तारिखमा क्यालिफोर्नियाको सानफ्रान्सीस्कोमा हुने भएको छ ।

साधारण सभाको अवसर पारेर क्षेत्रीय बिज्ञ सम्मेलन पनि हुनेछ । एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरको आतिथ्यतामा हुन लागेको साधारण सभा तथा बिज्ञ सम्मेलनको तयारी पुरा भइसकेको एनआरएन अमेरिकाकी उपाध्यक्ष तथा कार्यक्रम तयारी समिती संयोजक उमा कार्की थापाले बताउनुभयो । उहांका अनुसार साधारण सभा तथा बिज्ञ सम्मेलन सम्पन्न गर्न बिभिन्न समिती तथा उपसमितीहरु समेत बनाइएको छ ।

साधारण सभा तथा बिज्ञ सम्मेलनका लागी नेपालबाट समेत उच्च ओहोदाका अधिकारीहरुलाई सहभागी गराउने प्रयास समेत भइरहेको बताइएको छ ।
शुन्दर नगरी सानफ्रान्सीस्कोमा हुन लागेको एनआरएन अमेरिकाको ८ औं बार्षिक साधारण सभाम्ाँ सहभागीता जनाएर कार्यक्रम सफल बनाइदिन सबै एनआरएनमा अनुरोध गरिएको उपाध्यक्ष कार्की थापाले बताउनुभयो । बिभिन्न क्षेत्रमा बिज्ञ तर बिदेशमा बसिरहेका नेपालीहरुले समृद्ध नेपालका लागी आ आफ्नो क्षेत्रबाट गर्न सक्ने योगदानका बिषयमा छलफल गर्न अमेरिकामा क्षेत्रीय बिज्ञ सम्मेलन गर्न लागिएको हो ।
एनआरएन आइसीसीको आयोजनामा बिज्ञ सम्मेलन नेपालमा समेत आयोजना गरिने एनआरएन अमेरिकाका संचार संयोजक बाल जोशीले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *