२०८१ वैशाख १५ गते | 27th of April 2024

२९ औं वर्षगाँठको उपलक्ष्यमा सुवेदी दम्पतिको उदाहरणीय काम

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख २१ गते १६:०४

काठमान्डौं – सामाजिक अभियन्ता कुमारराज सुवेदी तथा उहाँकी धर्मपत्नी कमला सुवेदीले आफ्नो २९ औं वर्षगाँठको उपलक्ष्यमा शहीद पार्क गोकर्णमा समी (धार्मिक वृक्ष) को विरुवा रोप्नु भएको छ । वन दशक सामाजिक अभियानको नारा एक घर–एक रुख, एक गाउँ–एक वन र एक नगर अनेक उद्यान अन्तर्गत स्मृति वृक्षको प्रारम्भ गर्ने क्रममा सुवेदी दम्पतिले समीको विरुवा रोप्नु भएको हो । 

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानका पूर्व गभर्नर समेत रहनु भएका कुमारराज सुवेदी राष्ट्रिय शहीद तथा शान्ति पार्क स्मारक निर्माण तथा व्यवस्थापन समितिका सचिवालय सदस्य समेत हुनुहुन्छ । शहीद पार्कका अध्यक्ष सुर्दशन सिग्देलले सुवेदी दम्पतिको सुख, समृद्धि तथा समुन्नतिको लागि शुभकामना व्यक्त गर्दै वर्षगाँठको उपलक्ष्यमा उहाँहरुबाट भएको पवित्र कार्य सबैका लागि अनुकरणीय भएको बताउनुभयो ।

कार्यक्रम संयोजक राजेशकुमार सिजापति विष्टले पनि सुवेदी दम्पतिको आगामी दिन अझ सुखमय होस् भनी शुभकामना व्यक्त गर्नुभयो । आफ्नो इच्छा बमोजिम वृक्षारोपणको वातावरण मिलाई दिएकोमा सुवेदी दम्पतिले पार्क परिवारप्रति आभार व्यक्त गर्नुभयो । उक्त अवसरमा सुवेदीका परिवारजनसँगै शहीद पार्कका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *