लस एन्जलस /सागर श्रेष्ठ – सान-फ्रान्सिस्को शहरमा आयोजना हुन गईरहेको एनआरएन अमेरिकाको साधारण सभा तथा आईसिसी विज्ञ सम्मेलनको तयारीबारे जानकारी गराउन लस एन्जलसमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरको आयोजनामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा सम्मेलन र साधारण सभाको आयोजना र तयारीबारे साधारण सभाकी कन्भेनर तथा एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्कीए थापाले प्रकाश पारेकी थिईन ।
उपाध्यक्ष तथा कन्भेनर थापाले सम्मेलन आयोजनाको सम्पुर्न तयारी पुरा भएको बताईन । एनआरएन अमेरिकाका असन्तुश्ट पक्षले कार्यक्रम आयोजना रोक्न अदालत जाने चेतावनीका बारेमा पत्रकारहरुले सोधेको प्रश्नमा ‘कार्यक्रम तयारीको यो अन्तिम अवस्थामा उहांहरुबाट सम्मेलन वा वार्षिक साधारण सभा रोक्ने खालका कदम उहांहरुबाट नहुने र आफुहरु निरन्तर वार्ताको संपर्कमा रहेको’ जनाईन ।
बाजा बजाएर सम्मेलन रोकिएको जानकारी गराउंछन र भनी सोधिएको प्रश्नमा उपाध्यक्ष थापाले ‘सदस्यता सम्बन्धी मामालामा उहांहरुको असन्तुस्टी हो । संस्थाको साधारणा सभा आयोजनामा होईन । आफु र सिंगो एनआरएन अमेरिका असन्तुस्टी र अल्झन सुल्झाउन सदैव वार्ता गर्न तयार रहेको साथइ निरन्तर संपर्क रहिरहेको’ बताईन ।
नेपालीहरुको छाता संगठन भनिएको संस्थाको सुचनाहरु प्रेस संयोजक बाहेक प्रत्यक ब्यक्तीले आफुखुशी प्रेशित गर्ने प्रशनको उत्तरमा कन्भेनर थापाले अब त्यसो नहुने जानकारी दिईन ।
कार्यक्रममा एनआरएन अमेरिकाका सल्लाहकारद्वय उत्तम कार्की र कृष्ण कोईराला, महिला संयोजक ईन्दिरा त्रिपाठी, क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डे, सचिव रोशन अधिकारीले साधारण सभा र विज्ञ समेलनबारे उठेका बिभिन्न प्रश्नहरुका उत्तर दिएका थिए ।
पत्रकार भेट्घाट कार्यक्रममा लस एन्जलसमा सकृय संचारमाध्यमहरु नेपाल २४ आवर्स, खुल्लामन्च, दुरबिननेपाल र हिमालयखबरका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
पर्यटनदुत रामेश्वर भन्डारी, श्रीपशुपतीनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा, मन्दिर गुरु चुडामणी सापकोटा, ईतिहास पुरुष गणेशबहादुर कार्की, नेका महाधिवेशन प्रतिनिधि हेमराज भट्ट, नेजाका सचिव अग्नि चौंलागाईं, एकता समाजका अध्यक्ष चन्द्र सिवाकोटी, नेपाल अमेरिका कलाकार संघका उपाध्यक्ष रबिसिंह बस्नेत, मधेशी एशोसियसन लस एन्जलसका च्याप्टरका अध्यक्ष दिनेश शाह, बिओडी लस एन्जलस संयोजक एकदेव शर्मा, दीपक पाठक, रेख उप्रेती, वीरबल बुढाथोकी, याम थापा, राजेश पाण्डे, सुबाश भन्डारी, उपेन्द्र सापकोटा, गोपाल अधिकारी लगायत स्थानियको उपस्थिती थियो ।
एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता एनआरएन अमेरिका उपाध्यक्ष तथा आगामी साधारण सभाकी कन्भेनर उमा कार्की थापाले गरेकी थिईन भने च्याप्टर सचिव रोशन अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।