काठमान्डौं – मुलुककै प्रतिष्ठित अरुणिमा शैक्षिक प्रतिष्ठानमा लक्ष्मी चालिसे–अरुणिमा छात्रबृत्ति स्थापनार्थ १२ लाख रुपैंयाको अक्षय कोष हस्तान्तरण भएको छ । बरिष्ठ साहित्यकार विजय चालिसे तथा उनका सहोदर भाइ महेन्द्र चालिसेबाट संयुक्त रुपमा स्थापित (विजय चालिसे रु. १० लाख तथ महेन्द्र चालिसे रु. २ लाख) उक्त कोषको चेक नवअरुणिमा माविमा आयोजित एक औपचारिक समारोहमा प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर थापालाई हस्तान्तरण गरियो । ![](https://scontent-dfw5-1.xx.fbcdn.net/v/t1.15752-9/32545740_10155356689041056_7982843477266268160_n.jpg?_nc_cat=0&oh=ecdedec4e48bba721eac76003cb473f0&oe=5B856D85)
विजय चालिसेकी धर्मपत्नी लक्ष्मी चालिसेको स्मृतिमा स्थापित सो छात्रवृत्ति उपयुक्त कार्यविधि तथा संरचना निर्माण गरी प्रतिष्ठानमा अध्ययनरत प्रतिभाशाली छात्राहरुलाई प्रदान गरिने छ । लक्ष्मी चालिसेको क्यान्सरका कारण गत महिना निधन भएको थियो ।
![](https://scontent-dfw5-1.xx.fbcdn.net/v/t1.15752-9/32440618_10155356689031056_674105390668972032_n.jpg?_nc_cat=0&oh=947164ee99eff6c18996241f7613755a&oe=5B7F04C0)