२०८१ वैशाख १५ गते | 27th of April 2024

मिस नेपाल यूएस – २०१८, यसपाली टेक्सासको डालसमा

खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख ३१ गते ११:४७

डालस – मिस नेपाल युएसए २०१८ को लागि आवेदन खुला गरिएको छ। शनिबार विज्ञप्ति जारी गरि मिस नेपाल युएस २०१८ को आयोजक नेपाल ११ इन्टरटेण्ट्मेण्टले आवेदन खुला गरिएको जानकारी गराएको हो । ‘मिस नेपाल युएस २०१८ मा सहभागि हुन चाहने प्रतियोगिहरूले मिस नेपाल युएसको आधिकारिक वेवसाइट गएर फर्म भर्न सक्नेछन्,’आयोजक अमित शाहले भने,’ फाईनलमा बढीमा २० जना प्रतियोगिहरू सहभागि हुनेछन् । जुनबाट अडिसन सुरू गर्नेछौं ।’

प्रतियोगितामा १८ देखि २४ वर्षका ५ फिट ४ इन्च उचाई भएका अविवाहित र बच्चा नजन्माएका प्लस टु अध्ययन सिध्याइसकेका नेपाली अमेरिकन युवतीहरूले आवेदन दिनसक्ने मापदण्ड आयोजकले तोकेको छ ।

अमेरिकामा सन् २०११ देखि मिस नेपाल यूएस (मिस नेपाल अमेरिका) सफलता पूर्वक सम्पन्न गर्दै आएको उक्त प्रतियोगिता यो बर्ष टेक्ससको ड्यालसमा हुने भएको छ ।

आयोजकले एक छापा बिज्ञप्ति मार्फत अमेरिकाका नेपाली समुदायले दिएको हौशला ,अपार माया, सद्भाव तथा सहयोग प्रति धन्यवाद दिएका छन् । यसलाई अझ व्यवसायिक तथा स्तरीय बनाउन झन्डै २ बर्ष खर्चिएको बताएका छन् ।

उक्त छापा बिज्ञप्तिमा यसलाई अर्को स्तरमा पुर्याउन र व्यापक बनाउन अनुसन्धान र विशेषज्ञहरूसँग गहिरो परामर्श पछि मिस नेपाल यूएस छैठौ संस्करण गर्न तत्पर रहेको जानकारी दिएका छन् ।

यस वर्ष नेपाल अमेरिका आगामी अगस्ट १९ ,२०१८ आइतबार हुने भएको छ । Nepal-11 Entertainment को नयाँ व्यवस्थापन अन्तर्गत ड्यालस टेक्ससमा आयोजित गरिने भएको छ। नेपाली मूलका १८ देखि २५ बर्ष उमेरका महिलाले यो प्रतियोगितामा सहभागिता लिन पाउने छन् ।

विजेतालाई अध्ययनको लागि $ ५ हजार को आकर्षित छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिताको अन्तिम चरणमा विशेषज्ञहरुको साथमा बिस्तृत प्रशिक्षण प्राप्त गर्ने छन् ।

आयोजकले अमेरिकामा संचालनमा रहेका सबै संचार माध्यमलाई यसको प्रचार प्रसार गर्न आग्रह गरेका छन् । साथै नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्नका लागि अनुरोध समेत गरेका छन् ।

बिस्तृत जानकारीको लागि कृपया आयोजकहरुसँग यस ईमेल मार्फत [email protected] सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रतियोगिता भूकम्प तथा कानुनी परामर्श कारणले गर्दा दुई बर्ष आयोजना गर्न नसकेता पनि यसको अध्ययन र यस उद्योग संग सम्बन्धित दक्ष बिशेषज्ञहरुसंग परामर्शमा समय खर्चीएकोले आयोजक प्याट्रिक सुबेदीले जनाएका छन् ।

अडिसन न्युयोर्कमा हुनेछ। यस वर्ष मिस नेपाल युएस २०१८ को फाईनल आगामी अगष्ट १९, २०१८ मा टेक्सासमा आयोजना हुँदैछ।

सौन्दर्यको मापन र बिजेता घोषणा मात्रा होईन, प्रवासमा प्रतिभावान नेपालीहरुलाई प्रतिभा प्रस्फुटनको मौका दिलाउन यस्ता कार्यक्रम आयोजना गरिएको सुवेदीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *