एनआरएन अमेरिकाको साधारण सभामा सबैलाई सकृय सहभागिताको लागि एनआरएन अमेरिकाकी उपाध्यक्ष तथा कार्यक्रम तयारी समिती संयोजक उमा कार्की थापाले यसै माध्यमबाट आग्रह गरेकी छिन् ।
गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको ८ औ बार्षिक साधारण सभा आउंदो जुन १६ र १७ तारिख हुने भएकोले थापाले एनआरएन अभियानमा लाग्ने सबैलाई निमन्त्रणा दिएकी छिन् ।
उक्त साधारण सभा कै मौकामा क्षेत्रीय बिज्ञ सम्मेलन पनि हुने भएकोले अझ हामी गम्भीर तथा संवेदनशिल छौ थापाले भनिन। उनले अगाडी भनिन आयोजक समिति अहोरात्र खटिई रहको र स्वयम् सेवक रुपमा काम गर्नु पर्ने भएकोले कार्यक्रममा कुनै त्रुटी, कुनै कमजोरी नरहोस् भन्ने हाम्रो सोचाई रहेको बताइन ।
बिश्व बाट नै अतिथिहरु समेतको सहभागिता हुने भएकोले बिभिन्न समिती तथा उपसमितीहरु निर्माण गरिएको बताउदै हाम्रो उद्देश्य ‘ नेपाली समुदायहरुलाई एकता र उन्नति को लागि जोड्नु ‘ रहेको बताइन । समिति सदस्यहरु तीव्र रुपमा तयारीको लागि काम गरि रहेको जानकारी दिएकी छिन् ।
उक्त भेला एनआरएन अमेरिका क्यालिफोर्निया शाखाको आतिथ्यतामा हुन लागेको हो । थापाले बृहत भेलामा आफु, आफ्ना परिवार तथा साथीभाई लाई समेत साथमा लिएर आउन आग्रह गरेकी छिन् ।